|

दोहा : गैर आवसिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको १७ औं स्थापना दिवस तथा सम्मान कार्यक्रममा बोल्दै कतारका लागि नेपाली राजदुत डा नारद नाथ भारद्वाजले कतारमा नेपालीबाट नेपाली ठगिने क्रम बढेको प्रति दूतावास गम्भीर भएको बताएका छन्।

उनले व्यवसायको नाममा नेपालीबाट नेपालीनै ठगिनु दुःखद् रहेको भन्दै ब्यबसाय गर्दा समेत मानविय धर्म नभुली श्रमबजारलाई स्वस्थ्य र सम्मानित बनाउन आग्रह गरेका छन्। 

उनले पर्यटन वर्ष २०२० लाई सफल बनाउनु विदेशमा रहेका सम्पुर्ण नेपालीको दायित्व रहेको भन्दै कतारबाट पनि अधिकतम मात्रामा  पर्यटक नेपाल पठाउने पहल गर्न गैर आवासीय नेपाली संघ लगाएत सबैलाई आग्रह गरे।

कतारका युवा पुस्ता साहशिक पर्यटनको लागि विभिन्न मुलुकमा जाने गरेको भन्दै राजदूत भारद्वाजले उनिहरुलाई नेपाल पठाउन सके ठूलो उपलब्धि हुने समेत बताए।

परिवार सहित कतारमा रहेका नेपाली बिद्यार्थीहरुलाई लक्ष्यित गरि नेपाली बिद्यालय संचालनको लागि पहल भैरहेको भन्दै उनले नेपाल सरकारको शिक्षा मन्त्रालय मार्फत कतार सरकारसंग कुराकानी अगाडि बढेको जानकारी दिए।

सो अवसरमा अवसरमा नवनिर्वाचित एनआरएनए आइसिसी सचिव राजेन्द्र कुमार शर्मा, आइसिसी सल्लाहकारमा मनोनीत भएका टिबि कार्की, नवनिर्वाचित मध्यपुर्व संयोजक प्रविन गुरुङ, मध्य पुर्व सह–संयोजक राजेन्द्र अर्याल (जोन), एनआरएनए मध्यपुर्व युवा संयोजक राज रेग्मी तथा आइसिसी सदस्यहरु रमेश भट्ट, होमनाथ शर्मा, युवराज शर्मा, केवि हमाललाई सम्मानित गरिएको थियो। 

कार्यक्रममा बोल्दै आइसिसी सचिव राजेन्द्र कुमार शर्माले सम्मानको लागि धन्यवाद व्यक्त गर्दै सम्मानले थप जिम्मेवारी बढेको बताए। आफू बिगत देखि नै मध्य पुर्वमा कार्यरत नेपालीको हकहितमा लागेको भन्दै आगामी दिनहरुमा पनि निरन्तरता लागि पर्ने बताए। 

कार्यक्रमम गैर आवसिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानको अध्यक्षता, प्रथम उपाध्यक्ष उत्तम गुरुङको स्वागत र महासचिव पदम गिरिको सञ्चालनमा सम्पन्न भएको प्रवक्ता सन्तोष क्षत्रीले जानकारी दिए ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.