अर्थ : बैं‌किङ

नेपाल पूर्वाधार बैंकले ऋणपत्रबाट पाँच अर्ब भित्र्याउने

मंसिर २९, २०७६

    काठमाडौं : नेपाल पूर्वाधार बैंकले चालु आर्थिक वर्षभित्र विदेश वित्त बजारमा ऋणपत्र जारी गरी ५ अर्ब रुपैयाँ भित्र्याउने भएको छ।

    बैंकको आइतबार बसेको साधारणसभामा बैंकका अध्यक्ष अनुज अग्रवालले विदेशमा रहेका वित्त बजारमा ५ अर्ब रुपैयाँ बराबरको र नेपालमा २० अर्ब रुपैयाँ बराबरको ऋणपत्र निश्कासन गर्ने बताए।

    विस २०७५ फागुन २२ गतेदेखि औपचारीक रूपमा सञ्चालनमा आएको यो बैंकले आर्थिक वर्ष २०७५/०७६ मा कुनै पनि पूर्वाधार तथा परियोजनामा लगानी गर्न सकेको छैन। अध्यक्ष अग्रवालले बैंकले लगानीका लागि पूँजी निर्माण र लगानीका लागि परियोजनाको छनोटको विषयमा काम गरिरहेको बताए।

    पूर्वाधार विकास बैंकले अहिलेसम्म कांस्की जिल्लामा रहेको ३२ मेगावाटको करुवा सेती र ४९ मेगावाटको मिडल मेवा जलविद्युत आयोजनामा कर्जा प्रवाह गरेको छ। यी आयोजनामा करिब ३ अर्ब लगानी स्वीकृत गरेको बैंकले जनाएको छ।

    बैंकको साधारणसभाले कुल पूँजीको ४० प्रतिशत अर्थात ८ अर्ब रुपैयाँ बराबरको साधारण शेयर निष्काशन गर्न गर्नुपर्ने सबै कामका लागि सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय गरेको छ। यो प्रकृया पूरा भएपछि बैंकको चुक्ता पूँजी १२ अर्बबाट बढेर २० अर्ब रुपैयाँ पुग्ने छ। त्यस्तै बैंकको प्रतिशेयर आम्दानी ६ रुपैयाँ १० पैसा र प्रतिशेयर नेटवर्थ १ सय ६ रुपैयाँ ५७ पैसा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]