विचार

भूगोल र सिमाना विकट भए पनि दिल सधैँ खुल्ला

नेपालको परराष्ट्र मामिला र नेपाल चीन सम्बन्ध

पुस ४, २०७६

    नेपालको परराष्ट्रसम्बन्धको कुरा गर्दा, भारत चीनसँगको सम्बन्ध पहिलो श्रेणीमा पर्छ । त्यसपछि दक्षिण एसियाली देशहरुसँगको सम्बन्धको कुरा आउँछ । अनि तेस्रो पङ्गतीमा युरोप,अमेरिकासँगको सम्बन्धले प्राथमिकता पाउँछ। त्यसपछि हाम्रा कूटनीतिक सम्बन्ध भएका मुलुकहरू र ब्रिक्स,आशियान सम्बद्ध तथा अन्य राष्ट्रहरु सँगको सम्बन्धलाई केलाउनुपर्छ। यसमा भारत र चीनसँगको सम्बन्धलाई हामीले कुनै पनि अर्थमा कम गर्न सक्दैनौं र मिल्दैन पनि। अरू देशसँगको सम्बन्ध परिस्थिति अनुसार कहिलेकाहीँ टाढा वा नजिक हुनसक्छ । तर छिमेकीको सम्बन्ध नजिक टाढा हुनैं सक्दैन। भनिन्छ नि सबैकुरा फेर्न सकिन्छ छिमेकी फेर्न सकिदैन ।

    यहाँ भारतको कुरा गर्दा चीनको र चीनको कुरा गर्दा भारत आउने गर्छ ल्याउने गरिन्छ बेलाबखतमा। ती दुईटासँगको सम्बन्ध तुलना हुन सक्दैन। यो तुलना गर्न सकिने र मिल्ने सम्बन्ध नै होइन। दुवैको विशेषता छ। कहिलेकाहिँ कस्तो लाग्छ भने चीन सधै संस्थापन पक्षसँग हुन्छ। संस्थापन पक्षको सधैँ सहयोगी र प्रतिपक्षीको सल्लाहकार हुन्छ चीन। भारत सत्तापक्षसँग अलिक टेडामेडा हुने, प्रतिपक्षसगँ अलिक मित्र हुने, बिद्रोहीलाई सघाउने गर्छ।

    अहिले हामी नेपालको चुच्चो खोजिरहेका छौं। लिम्पियाधुरामा चुच्चो भएको एउटा नक्शा भर्खरै निस्किएको छ। त्यो चुच्चो खोइ? हामीले पढ्दा पनि चुच्चो थिएन, अहिले भर्खरै चुच्चो निस्कियो। त्यो चुच्चो कहिले थियो, अनि फेरि कसले काटिदियो? किन काटियो? त्यसको खोजी हाम्रो मिडियाले अझै पनि जरासम्म पुगेर गर्न सकेको छ जस्तो लाग्दैन। १ लाख ४७ हजार १ सय ४७ वर्ग किलोमिटरभित्र त्यो चुच्चो पर्छ कि पर्दैन? त्यसको खोजी गरौँ। 

    अहिलेका सम्बन्ध भनेका नाफा घाटा विनाका सम्बन्ध धेरै कम हुन्छन्। सि जिन पिङ आएर बोल्नुका पछाडि पनि चीनका व्यापारका कुरा छन्, हामीले बोल्दा पनि हाम्रो अर्थतन्त्र, हाम्रो राष्ट्रियहित नाफा घाटा अवश्य हेर्नुपर्छ। सबै देशले आ आफ्नो हित हेर्ने हो। आफ्नो हितपछि मात्र बल्ल अरुको हित हेर्ने हो। तर, अरूलाई बाधा नपुर्‍याई गरिने आफ्नो स्वार्थपूर्ति साँचो अर्थमा मित्रता हुन्छ।

    चीन र संचारमाध्यमको कुरा गर्दा, दक्षिणतिर बारम्बार जनस्तरको कुरा गर्ने गरिन्छ, छोरी बेटीको कुरा गर्ने गरिन्छ। तर, उत्तरतिर पनि जनस्तर र छोरीबेटीको सम्बन्ध छ। उत्तरतर्फ पनि सिमानामा बैबाहिक सम्बन्ध, सामाजिक सम्बन्धका प्रशस्तै कुराहरू छन्। हामी फलानोको भ्रमण भयो, फलानो आउनुभयो, फलानो जानुभयोका कुराहरूमा,राज्यले राख्ने कुराहरूमा बढी ध्यान दिन्छौं।

    सामाजिक, साँस्कृतिक सम्बन्धहरूमा अलिक कम हुन्छौं। यस्ता सम्बन्धहरू भृकुटीको विवाहदेखि अर्थात पाचौं शताब्दी, छैटौं शताब्दीदेखि हुँदै आएको छ। यद्यपि, तिथि मितिमा त्यो विवादित छ। तापनि त्यो बेलादेखिको अर्थात् मानदेव राजादेखिको सम्बन्ध १२ औँ शताब्दीका अरनिको हुँदै महाकविले लेखेको मुनामदनसम्म आएको छ। मुनामदनमा मदन कहाँ गएका भन्दा ल्हासा गएका प्रकरणहरू हुँदै अहिलेका मदनहरू त धेरै युरोप, अमेरिकासम्म गएका छन्। तर, चीन पनि गएका छन्।

    थुप्रै भृकुटीहरू चीन पुगेका छन् पछिल्ला दिनमा। भलै सबैले जोखाङ टेम्पल बनाएका नहोलान्। पहिलेको त्यो ऐतिहासिक सम्बन्धसँगै अहिलेको तथ्यलाई पनि हामीले उजागर गर्नुपर्छ। पहिले यहाँ पीठोसँग नुन साट्ने। उनसँग सुन साट्ने  सम्बन्ध थियो तिब्‍बतसँग, चीनसँग। त्यो भनेको छिमेकीसँगको ऐंचोपैचोको सम्बन्ध हो। हाम्रो त्यो सम्बन्धको गहिराइलाई बुझौँ।

    अहिले नेपाल चीन सम्बन्धलाई हेर्दा एउटा राज्यस्तरमा हुने कूटनीतिक सम्बन्ध, अर्को अर्थ कूटनीति व्यापार पनि मिसिएको, अर्को राजनीतिक दलहरूमार्फत हुने राजनीतिक सम्बन्ध, अर्को चाहिँ सामाजिक, सांस्कृतिक सम्बन्ध रहँदै आएको छ। त्यसपछि धार्मिक सम्बन्ध छ। चीनमा शाक्यमुनि भन्छन्, हामी बुद्ध भन्छौं। अर्को चाहिँ भौगोलिक सम्बन्धहरू छन्। सीमा क्षेत्रमा फल्ने गोलभेडा एउटै हो। गोलभेडादेखि भेडा पनि उस्तै हो।

    त्यहाँ सीमा क्षेत्रका मानिसहरू बीचको सम्बन्ध निकट छ, विकट छैन। हामीलाई भौगालिक हिसाबले विकट जस्तो लाग्छ तर स्थानीय हिसाबले त्यो विकट सम्बन्ध छैन। भूगोल र सिमाना विकट भए पनि दिल सधैं खुल्ला छ। विकट भए त्यसलाई सहज बनाउनेतिर हामी सोचौं। अघि किशोरजीले भुइँचालो आउँदा चीनबाट फोन आयो भन्नुभयो। ठिकै कुरा हो। भूइँचालो दुवैतिर जान्छ, सँगै जान्छ। उता गएको भुइँचालोले यता पनि हल्लाउँछ, यता आएको भुइँचालोले यता पनि हल्लाउँछ। अर्को, खानी र पानीको सम्बन्ध। 

    एउटा छिमेकीसँग जे जे खालका सम्बन्धहरू हुनुपर्ने हो, चीनसँग हाम्रा ती सबै खालका सम्बन्धहरू छन्। नाता पनि छ, कुटुम्बेली साइनो पनि छ। हाम्रो परम्परामा कुटुम्बलाई हत्तपत्त चित्त दुखाइ हाल्नु हुदैन भन्छन्। चीनले पनि दुखाउनु हुँदैन। हामीले पनि दुखाउनु हुँदैन।

    अहिले नेपाल चीन सम्बन्धमा व्यापार तथा पारवाहन सन्धिले नयाँ ढोका खोलेको छ। यसले चीन हुँदै नेपालको युरोपसम्मका लागि स्थलमार्ग खुला हुन सक्छ। अन्तरदेशीय रेलमार्गका कुरा छन्। यसबाहेक चीनले अगाडि सारेको बिआरआई जस्तो महत्वाकांक्षी योजनाबाट नेपालले लाभ लिनसक्छ, लिने ढंगले अगाडि बढ्नुपर्छ।

    हाम्रो पानी ढलो दक्षिणतिर हो तर त्यही हिमालको उत्तरतिरको पानी चीनले खान्छ, दक्षिणतिर बगेको पानी हामी खान्छौँ। भनेपछि, पर्यावरणीय हिसाबले पनि हामी एक हुन सक्छौं। बजार अर्थतन्त्रमा जेलिएका सम्बन्धहरू आर्थिक कुराहरूमा जोडिँदै गएका छन्।

    अहिलेका सम्बन्ध भनेका नाफा घाटा विनाका सम्बन्ध धेरै कम हुन्छन्। सि जिन पिङ आएर बोल्नुका पछाडि पनि चीनका व्यापारका कुरा छन्, हामीले बोल्दा पनि हाम्रो अर्थतन्त्र, हाम्रो राष्ट्रियहित नाफा घाटा अवश्य हेर्नुपर्छ। सबै देशले आ आफ्नो हित हेर्ने हो। आफ्नो हितपछि मात्र बल्ल अरुको हित हेर्ने हो। तर, अरूलाई बाधा नपुर्‍याई गरिने आफ्नो स्वार्थपूर्ति साँचो अर्थमा मित्रता हुन्छ।

    हिजो भृकुटीको श्रन्चङगम्पोसँग विवाह भयो, अचेल धेरै भृकुटी चीन पुगेका छन्। अहिले धेरै भृकुटी र धेरै श्रन्चङगम्पोहरू नेपाल भित्रिएका छन्। होला जोखाङ मन्दिर नबनाइएका होलान्। त्यो जोखाङ मन्दिर बास्तवमा गुम्बा हो तर नेपालको राजकुमारीको इच्छा, निर्देशन अनुसार बनाइएकाले त्यसलाई मन्दिर भनिएको छ।

    एउटा छिमेकीसँग जे जे खालका सम्बन्धहरू हुनुपर्ने हो, चीनसँग हाम्रा ती सबै खालका सम्बन्धहरू छन्। नाता पनि छ, कुटुम्बेली साइनो पनि छ। हाम्रो परम्परामा कुटुम्बलाई हत्तपत्त चित्त दुखाइ हाल्नु हुदैन भन्छन्। चीनले पनि दुखाउनु हुँदैन। हामीले पनि दुखाउनु हुँदैन।

    तर, हरेकचोटि चीनका नेता आउँदा वा हाम्रा नेता जाँदा तिब्‍बतको मामिलामा हामी ज्यादै संवेदनशील छौं भनेर हरेकपटक कसम खानुपर्ने स्थितिलाई हामीले पार लगाउनु पर्छ। किनभने, त्यहाँ अझै पनि शंका रहेछ नि। मिडियाले यस्ता कुराहरूमा हाम्रो नेतृत्वलाई सजग गराउनुपर्छ।

    यहाँ बैक ह्याकर पनि आए, व्यापारी पनि आए। सबै खालका मानिसहरू आउँछन्। यो बढ्न पनि सक्छ। अहिले भारतसँग सीमा विवाद छ, चीनसँग छैन र सहज छ। हामीले भारतसँगको सीमा पनि व्यवस्थित गर्नुपर्छ। चीनसँगको सीमा र सम्बन्धमा पनि समयानुकूल व्यवस्थापन गर्नुपर्ने कुरा आउनेछन्। चीनसँगका सम्बन्धहरूलाई हिजोको बार्टर सिस्टमबाट क्रमश: हामी यहाँ आइपुगेका छौँ।

    व्या‍पारघाटाका कुराहरू अर्थात् असन्तुलित व्‍यापार सम्बन्धलाई समयानुकूल व्यवस्थापन गर्ने काम गर्नुपर्छ। विश्वको दोस्रो अर्थतन्त्र भएको चीनका लागि दक्षिण एसियाका लागि चीनको एउटा व्यापारिक आउट लेट, औधोगिक उत्पादनको आउटलेट हुनसक्छ नेपाल त्यसले हाम्रो प्राकृतिक स्रोत उपयोग हुन सक्छ।  त्यो दिन सक्यौँ भने हाम्रो जनशक्तिले काम पाउने र विदेशिनु नपर्ने अवस्था उत्पन्न हुन्छ, हाम्रो राष्ट्रले राजस्‍व पाउनेछ।

    नेपाल चाइना मिडिया फोरमद्वारा आयोजित कार्यक्रममा दिएको मन्तव्यको सम्पादित अंश

तीर्थ कोइराला

कोइराला थाहाखबर डटकमका प्रधान सम्पादक हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]