|

बोस्टन : विश्व रक्तदाता अर्जुन मैनाली दिवसका अवसरमा आइतबार ४४ जनाको रक्तदान गरेका छन्। 

वर्ल्ड ब्लड डोनर अर्जुन मैनाली इंकद्वारा आयोजित उक्त कार्यक्रम न्युयोर्कको लङ्ग आइल्याण्डको हिक्सभिलस्थित ब्रोडवे मलमा भएको थियो। उक्त दिवसकै उपलक्ष्यमा लङ्ग आइल्याण्ड नेपालिज सोसाइटीले आइतबार साँझ रात्रीभोजको आयोजना गरेको थियो।

मैनालीका नाममा न्युयोर्क राज्यको ओयस्टर बे टाउनले केहि दिनअघि मात्र डिसेम्बर २२ लाई विश्व रक्तदाता अर्जुन मैनाली दिवस घोषणा गरेको हो। गत सोमबार (डिसेम्बर ९) का दिन उनलाई टाउनको कार्यालयमै बोलाएर उक्त घोषणा गरिएको हो। 

नगर कार्यालयका अधिकारी जोसेफ सालडिनोले उनको प्रशंसा गर्दै उक्त घोषणा–पत्र प्रदान गरेका थिए। न्युयोर्कको पूर्वी भागमा रहेको ओयस्टर बे टाउन न्युयोर्क राज्यको नासाउ काउन्टीमा छ। २०१० को जनगणनाअनुसार यहाँको जनसंख्या २ लाख ९३ हजार छ। 

काभ्रेपलान्चोकमा जन्मेका मैनाली हिक्सभिल, न्युयोर्कमा बस्छन्। उनले ६ वटा महादेशका १७ देशमा रक्तदान गरिसकेका छन्। सन् १९८७ मा १९ वर्षको उमेरमा नेपालमा पहिलोपटक रक्तदान गरे यता सन् २०१९ सम्ममा १ सय ७२ पटक गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.