|

बोस्टन : नेपाल अमेरिका पत्रकार संघ ९नेजा० को ७ औं अधिवेशन तथा १४ औँ साधारणसभा न्युयोर्क शहरमा हुने भएको छ। 

उक्त अधिवेशन आगामी मे २ र ३ तारिख विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा गर्ने निर्णय गरिएको हो। नेजाका तर्फबाट सचिव सुरज भण्डारीले आइतबार जारी विज्ञप्तिमा उक्त जानकारी दिइएको हो। 

अधिवेशन सम्पन्न गर्न पूर्व–क्षेत्र संयोजक कल्पना घिमिरेलाई संयोजक चयन गरेको छ। यस अधिवेशनले नेजाको आगामी कार्यकालको लागी नयाँ नेतृत्व चयन  गर्नेछ । समय व्यवस्थापन र हवाइ–टिकटलगायतको प्रबन्ध यथासमयमा गर्ने अनुरोध गर्दै सदस्यता नविकरण गर्नुपर्ने सदस्यले यथाशिध्र नवीकरण गर्न पनि संस्थाले अपिल गरेको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.