कुनै जहाज दुर्घटनामा परेका छैनन् : प्राधिकरण

|

मकवानपुर : मकवानपुरको एक पहाडी क्षेत्रमा धुवाँको ठूलो मुस्लो देखिएपछि प्रहरी परिचालित भएको छ। स्थानीयबासीले जहाज/हेलिकोप्टर दुर्घटना आशंका गरेपछि प्रहरी त्यहाँ परिचालित भएको हो।

मकवानपुरगढीको सुकौरा र बकैया १२ ठिङ्गनको सिमानामा जहाज दुर्घटना भएको आशंका गाउँलेले गरेका थिए। तर मध्यान्ह १२ बजे देखिएको उक्त धुवाँको मुस्लो जहाज दुर्घटनाबाट नभइ डँढेलोबाट देखिएको प्रहरीले जनाएको छ। 

गाउँलेले जहाज दुर्घटनाको अनुमान गरेपछि प्रहरी चौकी चौघडा र ठिंगनबाट उक्त स्थानतर्फ पुगेको टोलीले धुवाँको मुस्लो जंगलमा लागेको डढेलोबाट निस्किएको पत्ता लगाएको छ। 

धुवाँको मुस्लो देखिएपछि  स्थानीयबासी नेत्र कार्की घटनास्थलमै पुगेको प्रहरीले जानकारी दिएको छ। प्रहरीलाई स्थानीय कार्कीले दिएको जानकारी अनुसार डढेलो लागेर आगोसहित धुवाँको मुस्लो देखिएको हो। 

प्रहरी चौकी चौघडा, र ठिंगनबाट डँढेलो लागेको स्थानमा प्रहरी गइसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश सिंहले जानकारी दिए। बतासे डाँडामा स्थानीयसमेत ठूलो संख्यामा जाने क्रम छ। 

प्रहरीले संयमता अपनाउन अनुरोध गर्दै कुनै दुर्घटना नभएको बताएको छ। यस्तै त्रिभुवन विमानस्थल एयर ट्राफिक कन्ट्रोलरले सबै विमान सम्पर्कमा रहेकाले दुर्घटना नभएको जानकारी दिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.