|

अमेरिका : नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (ईञ्जा)को ग्लोबल, युरोप र एसिया महादेशीय कमिटीमा नयाँ कार्यसमिति चयन भएको छ।
कमिटी दुई वर्षका लागि चयन गरिएको हो। 

गुणराज लुइटेलको अध्यक्षतामा निर्वाचित ग्लोबल कमिटीको वरिष्ठ उपाध्यक्षहरुमा सुनिलमणि दाहाल (सचिवालय) र विष्णु शीतल (अन्तराष्ट्रिय समन्वय) रहेका छन्। उपाध्यक्षमा टंक पन्त (एसिया), ददी सापकोटा (युरोप) र मनऋषि धिताल (अष्ट्रेलिया) चयन भएका छन्।

यस्तै, निर्देशकमा किशोर सापकोटा (संगठन), अनुराधा पौडेल (नीति निर्माण तथा प्रशिक्षण), विजय थापा (सञ्चार) र भक्त घिमिरे (अन्तरदेशीय समन्वय) चयन भएका छन्। कमिटीको महासचिव शिव विष्ट, सचिव दीपक रिजाल र कोषाध्यक्षमा वर्षा भुजेल रहेका छन्।  

सदस्यहरुमा अमेरिकाबाट विष्णु शर्मा, भूपेन थापा, भोला शिवाकोटी, ज्योतिकुमार श्रेष्ठ, विश्व थापा, उमेश शर्मा, सिर्जन ताम्राकार, राम लामा ‘अभिनासी’, सिर्जना उप्रेती, अंकुश नेपाल, तारा भट्टराई, सुनिल हुमागाईँ, डोव ढकाल, खेम भट्टचन र पूर्णसिंह बराइली रहेको छन्। क्यानाडाबाट डा. किश्मत भण्डारी र बद्री तिमिल्सिना, चीनबाट ध्रुव पौडेल, नेपालबाट कृष्ण ढुंगाना, रीता सापकोटा र विनेश खनाल, भारतबाट भरत पौडेल, स्पेनबाट दीपेन्द्र गजुरेल र मध्यपूर्ववाट सुवास शर्मा र टेकवहादुर थापा चयन भएका छन्।

ईञ्जा ग्लोबलको संरक्षकमा राम खरेल र योगेश उपाध्याय रहेका छन्। सल्लाहकारमा नेपालका लागि अमेरिकाका पूर्वराजदूत स्कट एच डेलिसी, नेपाल पत्रकार महासंघका पूर्वसभापति तथा फ्रिडम फोरमका अध्यक्ष तारानाथ दाहाल, वरिष्ठ पत्रकार तीर्थ कोइराला र वरिष्ठ पत्रकार गंगा लामिटारे (अधिकारी), सामुदायिक रेडियो अभियन्ता घमराज लुइटेल रहेका छन्।

ईञ्जा युरोपमा ददी 

ददी सापकोटा (फ्रान्स)को अध्यक्षतामा ईञ्जा युरोप गठन भएको छ। समितिमा वरिष्ठ उपाध्यक्षमा लक्ष्मण देवकोटा (स्वीजरल्याण्ड), उपाध्यक्ष टुवल सापकोटा (जर्मनी), महासचिव दीपक धिताल (जर्मनी), सचिव निराजन श्रेष्ठ (स्विजरल्याण्ड) र कोषाध्यक्ष निलम घिमिरे (बेल्जियम) चयन भएका छन्। 

यस्तै, सदस्यहरुमा श्रीभक्त खनाल (बेलायत), विजय शर्मा ‘दर्पण’ (स्पेन), दीपक खतिवडा (पोर्चुगल), रविचन्द्र भट्टराई (अष्ट्रिया) र जयराम तामाड (बेलायत) रहेका छन्। यस समितिको सल्लाहकारमा वरिष्ठ पत्रकार भगीरथ योगी र थानेश्वर सापकोटा रहेका छन्। 

ईञ्जा एसियामा टंक पन्त

ईञ्जा एसियाको अध्यक्षमा टंक पन्त चयन भएका छन्। वरिष्ठ उपाध्यक्षमा नारायण न्यौपाने तथा उपाध्यक्षहरुमा दीपक पुडासैनी (कतार), आनन्द कोइराला (जापान) र मञ्जु गुरुङ (दक्षिण कोरिया) रहेका छन्।

यस्तै, समितिको महासचिव दीपेन्द्र दोङ तामाङ, सचिवमा खेमकुमारी पोख्रेल र कोषाध्यक्षमा रामकुमार कामत चयन भएका छन्। सदस्यहरुमा विकास थपलिया, रामप्रसाद भण्डारी, अर्जुन सापकोटा, लीला उपाध्याय, बिशाल गैरे र अनिल आचार्य रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.