|

योगी योगेन

दोहा : कतारको राष्ट्रिय दिबसको अबसरमा विभिन्‍न मुद्दामा जेलमा सजाय कटाइरहेका ९ जना नेपाली कैदीलाई यहाको सरकारले आममाफी दिएको छ। कतारस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै उनीहरुलाई रिहा गरेको जनाएको छ।

कतारको केन्द्रीय कारागारमा विभिन्‍न आरोपमा सजाए भोगिरहेका उनीहरु आममाफी पाएसँगै नेपाल फिर्ता पठाउन सहजीकरण  गरिरहेको दूतावासले जनाएको छ। उनीहरुमध्ये चार जनाको राहदानी नभएकाले यात्रा अनुमति पत्र घरफिर्ती केन्द्रमा नै उपलब्ध गराएको दूतावासले  जनाएको छ। 

कतार सरकारले हरेक वर्ष राष्ट्रिय दिवसको अवसरमा कारागार सजाय भोगिरहेकामध्येबाट उनीहरुको चालचलन र उनीहरुमाथि लागेको आरोपको प्रकृति हेरेर बन्दीहरुलाई आममाफी दिने गरेको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.