जनकपुरधाम : अंग्रेजी नयाँ वर्ष २०२० को दिन बुधबार जनकपुरधाममा पनि रौनक देखिएको छ। अंग्रेजी नयाँ वर्ष मनाउन ठूलो संख्यामा भारतीय पर्यटक बुधबार जनकपुरधाम भित्रिएका छन्।
अंग्रेजी नयाँ वर्षका दिन जानकी मन्दिरसहितका पर्यटकीयस्थलमा भारतीय पर्यटकको भिडभाड देखिएको हो। जानकी मन्दिरमा अन्य दिनको तुलनामा पर्यटकको घुइँचो देखिन्छन्। जानकी मन्दिर वरपर ठूलो संख्यामा भारतीय गाडी पार्किङ गरी पर्यटक होटल र मठमन्दिरसहितका पर्यटकीय स्थलमा रमाएका देखिन्छन्। जनकपुरका होटलहरूमा पनि भारतीय पर्यटकको भिडभाड छन्।
भारतको विहारमा मदिरामा प्रतिबन्ध छ। सोही कारण पनि नयाँ वर्ष मनाउन भारत विहारका मानिस जनकपुर आउने गर्छन्। अन्य वर्षको तुलनामा यसवर्ष ठूलो संख्यामा भारतीय पर्यटक जनकपुर आएको देखिन्छन्। भारतीय पर्यटक नयाँ वर्ष मनाउन हरेक वर्ष यहाँ आउने गरेको जनकपुरधाम ८ का वडाध्यक्ष जानकी राम साहले बताउँछन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।