एजेन्सी : बलिउड अभिनेता सलमान खानले किच्चा सुदिपलाई कार उपहार दिएका छन्। चलचित्र ‘दबंग ३’ का 'भिलेन'का रूपमा अभिनय गरेका सुदीपलाई सलमानले उनकै घरमा पुगेर कार उपहार हस्तान्त्रण गरेका हुन्।
सलमानले सुदीपलाई बीएमडब्लु एम ५ उपहारमा दिएका हुन्। उनले सामाजिक संजाल ट्विटरमा उक्त कार हस्तान्त्रणका क्रममा खिचिएको तस्वीर सार्वजनिक गरेका छन्।
Good always happens when u do good.@beingsalmankhan made me believe this line further with this surprise landing at home along with him.
— Kichcha Sudeepa (@KicchaSudeep) January 7, 2020
BMW M5 🤗.
Thank u for the luv u have showered on me n my family sir.
It was an honour to have worked with u n to have had u vist us.🤗🤗🥂 pic.twitter.com/tavTR07M29
'तपाई जब राम्रो काम गर्नुहुन्छ। जहिले पनि राम्रै हुन्छ। यो कुरा मलाई सलमानले सिकाएका छन्', उनले लेखेका छन्, 'उनी मेरो घरमा सुन्दर उपहारसहित आएका हुन्। उनलाई म ससम्मान धन्यवाद दिन चाहन्छु' सुदीपले ट्विटरमा उल्लेख गरेका छन्।
चलचित्र ‘दबंग ३’ले बक्स अफिसमा उत्साहजनक उपस्थिति जनाएको छ। प्रभु देवाले निर्देशन गरेको फिल्ममा सलमान, सुदीपका साथै सोनाक्षी सिन्हालगायतका कलाकारको अभिनय रहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।