विश्व

नागरिकता विधेयकमाथि दुई कलाकारको भिडन्त, एकअर्कालाई भने 'जोकर' र 'जँड्याहा'

माघ ९, २०७६

    भारत सरकारले हालै ल्याएको नागरिकता विधेयकलाई लिएर बलिउडका दुई प्रसिद्ध हस्तीबीच आरोप–प्रत्यारोप चलेको छ।

    कलाकाद्वय नसिरुद्दिन शाह र अनुपम खेरले एकअर्कामाथि निम्नस्तरको टिप्पणी गरेका हुन्। नसिरुद्दिनले अनुपमलाई 'चाप्लुस र जोकर' भन्दा, अनुपमले नसिरुद्दिनलाई 'जँड्याहा' भन्दै जवाफ फर्काए।

    भारतीय जनता पार्टीका समर्थक रहँदै आएका अनुपम खेरले खुलेर नागरिकता विधेयकको स्वागत गर्दै आएका थिए। त्यो कुरा नसिरुद्दिनलाई चित्त बुझेको रहेनछ। केही दिनअघि एक टिभी अन्तर्वार्तामा उनले भने, 'दिपिका पादुकोनले विद्यार्थी आन्दोलनमा ऐक्यवद्धता जनाइन्, यसले उनको प्रसिद्धिलाई कुनै असर पार्दैन। अनुपम खेरलगायतका केहीले खुलेर नागरिकता विधेयकको समर्थन गरिराखेका छन्, त्यस्ता मान्छेलाई गम्भीरताका साथ लिनुहुँदैन।'

    नसिरुद्दिन त्यतिमै मात्र रोकिएनन्, उनले भने, 'अनुपम एउटा जोकर हो। उसका साथीहरूलाई उसको चाप्लुस चरित्रबारे राम्रो जानकारी छ। चाप्लुसीपन उसको रगतमै छ।' नसिरुद्दिनको वक्तव्यले मिडियामात्रै तातेन, सिंगो बलिउडमा हलचल मच्चियो।

    अनुपमले भोलिपल्ट नसिरुद्दिनलाई जवाफ फर्काए। भने, 'तपाईंलेले अमिताभ बच्चनको आलोचना गर्नुभयो, शाहरुख खानको आलोचना गर्नुभयो, बिराट कोहलीलाई पनि बाँकी छोड्नुभएन। अहिले मेरो आलोचना गर्दै हुनुहुन्छ, तपाईंले मलाई यो सूचिमा राखेकोमा म आँफूलाई भाग्यमानी सम्झन्छु।'

    नसिरुद्दिनलाई 'सप्रेम सन्देश' भन्दै ट्वीट गरेका अनुपमले नसिरुद्दिनको टिप्पणीलाई कसैले गम्भीरताका साथ नलिएको बताएका छन्। 'तपाईंले वर्षौंदेखि जुन पदार्थको सेवन गर्दै आउनुभएको छ, त्यसले तपाईंलाई सही–गलत छुट्याउनै नसक्ने बनाइदिएको छ', भिडियोमा उनले भनेका छन्।

     

    साथै अनुपमले आफ्नो रगतमा 'हिन्दुस्तान' रहेको बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]