भ्रमण वर्ष सचिवालयले चार वटा 'यती मस्कट' किन्यो

|

काठमाडौंः नेपाल भ्रमण वर्ष २०२० को औपचारिक सुरुवात भइसकेको छ। नेपाल पर्यटन बोर्ड र भ्रमण वर्ष २०२० सचिवालयको कार्यालय देश विदेशमा प्रचार प्रसारमा लागेको छ।

अंग्रेजी नयाँ वर्षको अवसर पारेर भ्रमण वर्षको उद्घाटन गरिएको थियो। भ्रमण वर्षको उद्घाटन यती मस्कटको प्रतिमा राखिएको थियो। यतिबेला त्यही यती मस्कटको विरोध भइरहेको छ।

यतीको काल्पनिक रुपसँग नमिली जुडो खेलाडीसँग स्वरुप मिलेको भन्दै आलोचना भएको हो। विभिन्‍न सम्प्रदायका संस्कृतिमाथि नै प्रहार हुने गरी मस्कट निर्माण गरिएको भन्दै विरोधको स्वर उठेको हो। 

'यती मस्कट' नेपाल सरकारले निर्माण नगरेको पाइएको छ। मस्कटको चौतर्फी विरोध भएपछि यसको निर्माणबारे बुझ्‍न थाहाखबरले भ्रमण वर्ष सचिवालयको कार्यालयमा सम्पर्क गर्‍यो।

चारवटा किनियो

चारवटा 'यती मस्कट' खरिद गरिएको भ्रमण वर्ष २०२० सचिवालयको कार्यालयले जनाएको छ। भ्रमण वर्ष मनाउन नेपाल हिमालै हिमालको देश भएकोले काल्पनिक यती मस्कटको नक्सा कलाकारलाई निर्माण गर्न दिएको थियो। त्यसलाई नेपाल सरकारले पास गरिदिएको भ्रमण वर्ष सचिवालयका सहसचिव राजन पौडेलले बताए।

'नेपाल सरकारले 'यती मस्कट' बनाउन एक रुपैयाँ खर्च गरेको छैन,' उनले भने। उनका अनुसार भ्रमण वर्ष सचिवालयले चारवटा यती मस्कट खरिद गरेर उपत्यकाका विभिन्‍न ठाउँमा राखेको छ। असन, दरबार मार्ग, केशर महलमा ती मस्कट राखिएको उनले जानकारी दिए।

यती मस्कटको डिजाइन मात्रै सरकारले पास गरेको उनले बताए। 'विभिन्‍न जातजाति र सम्प्रदायको संस्कृतिमा आँच आउने गरी डिजाइन सरकारले पास गरेको छैन,' उनले भने। केही आकृति निर्माणबारेमा सचिवालयको तर्फबाट कलाकारलाई सुझाव दिइसकेको उनको भनाइ छ।

विभिन्‍न व्यक्तिको इच्छाअनुसार यती मस्कटको खरिद गरिएको उनले बताए। बैंक र व्यापारी घरानाहरुले खरिद गरेर आफ्ना कार्यालयमा राखेको उनले जानकारी दिए।

कलाकारले खरिदकर्तालाई जति पनि मूल्यमा पनि बेच्‍न सक्ने पौडलले थाहाखबरलाई बताए। कलाकारले जसलाई पनि बेच्न सक्ने उनले प्रष्ट पारे। के-के को डिजाइन गरेर राख्ने उनीहरुकै जिम्मा रहेको उनलेब बताए।

यती मस्कटको चित्र कलाकार आङछिरिङ शेर्पाले कोरेका थिए । यतीलाई परिभाषित गरेझैं उनले मस्कटको चित्र कोरेको उनले बताए।कहिल्यै नदेखेको यतीलाई चित्रमा उतार्न समस्या भएको उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.