|

काठमाडौं : दुर्लभ संरक्षित वन्यजन्तु गैंडाको खाग किनबेच गरिरहेको अवस्थामा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले काठमाडौंको चाबहिलस्थित एउटा घरको कोठाबाट गैंडाको एकथान खागसहित दुईजनालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार चाबहिल क्षेत्रमा गैंडाको खाग २५ लाख रुपैयाँमा बेच्‍न हिँडिरहेको सूचनाका आधारमा काठमाडौंको खड्गभद्रकाली-८ घर भइ चाबहिल बस्दै आएका ४६ वर्षीय लब खत्री र बाजुराको बूढीगंगा नगरपालिका-६ घर भइ कपनको एकताबस्तीमा बस्दै आएका २२ वर्षीय दिनेश थापा पक्राउ परेका हुन्। 

उनीहरु दुवैजनालाई पक्राउ गरेपछि डेरा खानतलासी गर्ने क्रममा बुधबार अपरान्ह एक थान गैंडाको खाग बरामद भएको हो। उक्त खागसहित दुवैजनालाई आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालय हात्तीसार पठाइएको महानगरीय प्रहरी अपराध महाशाखाले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.