|

हुम्ला : खाना पकाउने एक सिलिन्डर ग्यास किन्न हुम्लीले आठ हजार रुपैयाँ तिर्छन्। सिलिन्डरसहित किन्न भने साढे १२ हजार तिर्नुपर्छ।

यो जिल्ला सदरमुकाम सिमकोटमै पर्ने मूल्य हो। लामो समय हिमपातसँगै दाउरा अभाव भएपछि हुम्लाका नागरिक खाना पकाउन महँगोमा ग्यास किन्न बाध्य भएका समाचार नयाँ पत्रिका दैनिकमा छ।

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा खच्चडबाट ग्यास ढुवानी हुने गरेको छ। नेपालगन्जबाट मुगुको गमगडीसम्म गाडीमा पुर्‍याइने ग्यास त्यहाँबाट सिमकोटसम्म खच्चडमा लगिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.