|

म्याग्दी : ‘कही नभएको जात्रा हाँडी गाउँमा’ भनेझै विकास निर्माणका कार्यमा कतिसम्म सरकारी उदासिनता हावी हुँदो रहेछ भन्ने कुरा म्याग्दीमा उदांगिएको छ।

म्याग्दीको सदरमुकाम बेनीदेखि बेनी-अर्थुङ्गे-पाखापानी जोड्ने सडकको महारानी थान खण्डमा विद्युतको पोल बीच भागमै राखेर सडक निर्माण गरेपछि सरकारी कार्यालयहरू बीच विकास निर्माणका कार्यमा कत्तिको समन्वय हुँदो रहेछ भन्ने कुरा छर्लङ्ग भएको हो।

सडक स्तरउन्नति गर्ने योजनाअन्तर्गत बेनी नगरपालिकाको महारानीथानस्थित सडकमा विद्युत् प्राधिकरणले पोल गाडेका कारण यस्तो समस्या आएको भौतिक पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ। कार्यालयका इन्जिनियर ओमराज ढुंगानाका अनुसार विद्युत प्राधिकरण बेनीले सडकको क्षेत्राधिकारलाई समेत वेवास्ता गरी विद्युत पोल गाडेकाले यस्तो समस्या उत्पन्न भएको हो।

विद्युत् सेवा विस्तार गर्दा विद्युत प्राधिकरण बेनीले सडक छेवैमा पोल गाडेको र हटाइदिन अनुरोध गर्दा अटेरी गरेका कारण बाध्य भएर पोल विचमा राखेर ढलान गर्नुपरेको इन्जिनियर ओमराज ढुंगानाले बताए।

उनका अनुसार यो विद्युत प्राधिकरणको लापरबाही हो। ‘सडक क्षेत्राधिकार भित्र पोल गाड्ने अनि सडक विस्तार गर्दा पोल सार्न अनुरोध गर्दा विद्युत कार्यालयले विभिन्न बाहना गराउने गरेको उनको भनाइ छ। 

डिभिजन कार्यालयले ४५ लाख रुपैयाँमा ९० मिटर ढलान र दुई सय ३० मिटर कालोपत्रे गर्न श्रमजीवि निर्माण सेवासँग ठेक्का सम्झौता गरेको हो। विद्युतका पोल र केही घरहरूका कारण सडक मापदण्डअनुसार काम गर्न असहज भएको कार्यालयले जनाएको छ

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.