|

हेटौँडा : विन्दावासिनी मिडिया प्रालिद्घारा सञ्चालित रेडियो थाहा सञ्चार ९९ दशमलव ६ मेगाहर्जको १२ औँ वार्षिकोत्सवका अवसरमा चौथो सप्ताहव्यापी कार्यक्रमअन्तर्गत पत्रकार तथा हेटौँडा भेट्रान्सका खेलाडीबीच मैत्रीपूर्ण फुटबल सम्पन्न भएको छ। हेटौंडाको लोकतान्त्रिक चौरमा भएको मैत्रीपूर्ण खेलमा हेटौँडा भेट्रान्सले पत्रकारको टिमलाई ३-१ गोल अन्तरले पराजित गरेको छ।

भेट्रान्सको तर्फबाट कृष्ण जोशी, वीरेन्द्र खत्री र सुरेश बानियाँले गोल गरका थिए भने पत्रकारका तर्फबाट रोशन ढकालले एक मात्रै गोल फर्काएका थिए। स्वस्थ्यका लागि खेलकुद भन्ने नाराका साथ आयोजना गरिएको प्रतियोगीताले खेल क्षेत्रको विकासमा सहयोग पुग्ने रेडियोका स्टेशन म्यानेजर मणिराज गौतमले बताए।

हेटौँडा उपमहानगरपालिका-४ का वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यमा आयोजित खेलमा वडा अध्यक्ष सिग्देलले रेडियोको गतिविधिले समाज परिवर्तनमा उल्लेख्य भूमिका खेलेको भन्दै खेलकुद क्षेत्रको लागी पनि समेटेर अगाडि बढेकोमा रेडियोलाई अझ धेरै सफल्ताको शुभकामना दिए।

रेडियोका संचालक अरूणराज सुमार्गीले रेडियोले समाजकै पक्षमा सूचना प्रवाह गरिरहेको बताउँदै आगामी दिनमा पनि श्रोता वर्गमा निष्पक्ष भएर सूचना प्रवाह गर्न लागी पर्ने बताए। उनले रेडियोको आम्दानीबाट बचेको रकमलाई पत्रकार भलाई कोषमा सहयोग गर्ने समेत घोषणा गरे। 

वार्षिकोत्सवअन्तर्गत सोमबार सवारी दुर्घटना र उपचारको व्यवस्थापन विषयक जिल्लाका माविस्तरीय वकृत्वकला प्रतियोगिता आयोजना हुने भएको छ। हेटौँडा ४ अजरअमर रोडस्थित रेडियो परिसरमा बिहान ११ बजेदेखि सुरु हुने प्रतियोगिताको रेडियोले प्रत्यक्ष प्रशारणसमेत गर्ने छ।

त्यस्तै, ६ गते रुपचन्द्र विष्ट र उनको व्यक्तित्वबारे अन्तरक्रिया, वार्षिकोत्सवको सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन ७ गते थाहा वर्ष सम्मान तथा वार्षिकोत्सव समापन कार्यक्रम हुने स्टेशन म्यानेजर गौतमले जानकारी दिए।

सप्ताहव्यापी कार्यक्रमअन्तर्गत फागुन १ गते ‘हेटौँडामा पार्किङ व्यवस्थापनबारे अन्तरक्रिया’, २ गते रक्तदान, ३ गते हिजो ‘नेपाल भ्रमण वर्ष सफल पारौँ, सालक संरक्षणमा भूमिका खेलौँ’ भन्ने नाराका साथ साइकल र्‍याली आयोजना गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.