|

हेटौंडा : मकवानपुरको बागमती गाउँपालिकामा जारी बागमती गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन भएकोे प्रतियोगितामा डाँफे युवा क्लब मकवानपुरले नवजनजागृति युवा क्लब सिमरालाई ४–० गोल अन्तरले हराएको छ।

मकवानपुर जिल्ला लिग च्याम्पियन भएको डाँफेले उत्कृष्ट प्रदर्शन गर्दै मकवानपुरको डाँफे विजयी भएको हो। खेलेको ४० औं मिनेट डाँफेको तर्फबाट विश्व अधिकारीले प्रहार गरेको बल गोलमा परिणत भए सँग खेलमा डाँफेले दबाब बनाएको थियो।

४४ औं मिनेटमा सिमराका गोलरक्षक सुवास बलले गरेको गल्तीको फाइदा उठाउँदै  डाँफेका प्रिजेन तामाङले दोस्रो गोल गरेपछि अग्रता दोब्बर भएको थियो। खेलको ७० औं मिनेटमा मकवानपुरको तर्फबाट हिसुब थपलियाले तेस्रो गोल गरेका थिए। उनले कृष्ण लामाको क्रसमा गोल गरेका थिए। यस्तै खेलको ९१ औं मिनेटमा रविन स्याङ्तानले चौथो गोल गरेपछि विजयी अग्रता बढेको हो।

खेलमा मकवानपुरका थपलिया म्यान अफ दी म्याच घोषित भए। उनले नगद पाँच हजार रुपैयाँ प्राप्त गरेका छन्।  विजयी सँगै अब डाँफेले सेमिफाइनल प्रवेशको लागि खेल्नेछ। डाँफे मकवानपुरले जावलाखेल युवा क्लव सँग क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्ने छ।

जावालखेल बाई पाएर सिधै क्वार्टरफाइनल खेल्दैछ। प्रतियोगिता अन्तर्गत सोमबार भोलि आयोजक बागमती खेलकुद विकास समिति र बाई पाएको च्यासल युवा क्लबबीच खेल हुनेछ।

प्रतियोगिता फागुन १२ गते सकिनेछ। गोल्डकपको विजेताले ६ लाख, उपविजेताले ३ लाख शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.