|

इलाम : झापाको शिवसताक्षी नगरपालिकामा जारी तेस्रो संस्करणको सताक्षी गोल्डकप प्रतियोगिताअन्तर्गत आज ए डिभिजन क्लब थ्रीस्टार र प्रदेश लिग उपविजेता बेलबारी फुटबल क्लब मोरङबीच प्रतिस्पर्धा हुँदैछ। 

आइतबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमामा आयोजक सतासीधाम स्पोर्टिङ क्लबले विजयी सुरुवात गरेको छ। मनिष थापाले निर्णायक गोल गरेपछि सतासीधाम स्पोर्टिङ क्लबले विजयी सुरुवात गरेको हो।

झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठान रंगशालामा भएको खेलमा आयोजकले लिगको तेस्रो स्थानमा रहेको ए डिभिजन क्लब मनाङ मर्स्याङदी क्लबलाई हराएको हो। प्रतिस्पर्धात्मक बनेको खेलको ५० औ मिनेटमा थापाले गरेको गोलले विजयी बन्दै आयोजक सेमिफाइनल प्रवेश गर्‍यो। खेलको म्यान अफ दि म्याच गोलकर्ता मनिष थापा घोषित भए। उनले १० हजार रुपैयाँ पाए। 

प्रतियोगितामा मनाङ मर्स्याङ्दी क्लब, थ्री स्टार क्लब, त्रिभुवन आर्मी क्लब, मछिन्द्र फुटबल क्लब, गोर्खा ब्वाइज फुटबल क्लब रुपन्देही, बेलबारी फुटबल क्लब मोरङ, आयोजक टिम र भारत दार्जिलिङको एमएफसीले सहभागिता जनाएका छन्। 

प्रतियोगिताका विजेताले ६ लाख र उपविजेताले ३ लाख रुपैयाँ पाउनेछन्। प्रतियोगिताका म्यान अफ दि टुर्नामेन्टको ५० हजार र हाइ स्कोररलाई २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। त्यस्तै, उत्कृष्ट मिडफिल्डर, फरवार्ड, डिफेन्डर, गोल किपर र उत्कृष्ट प्रशिक्षकको पुरस्कार राशी जनही २० हजार र म्यान अफ दि म्याचको १० हजार रहेको आयोजकले जनाएको छ। 

सताक्षी गोल्डकपको पहिलो संस्करणको उपाधि नेपाल पुलिस क्लब र दोस्रो संस्करणको उपाधि त्रिभुवन आर्मीले हात पारेको थियो। गोल्डकपको उद्घाटन शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार सेर्माले गरेको थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.