कञ्चनपुर : पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै भारत जाने यात्रुलाई भारतीय शुरक्षाकर्मीले मास्क नलगाइएको पाइए फिर्ता पठाउने गरेका छन्। चीन हुँदै विश्वभर फैलिएको कोरोना भाइसरसको संक्रमण भारतमा फैलिन नदिनका लागि भारतीय शुरक्षाकर्मीले सतर्कता अपनाएका हुन्।
मास्क लगाएर मात्रै भारतीय सीमा नाका प्रवेश गर्न दिन थालेपछि महेन्द्रनग बजारलगायतका क्षेत्रमा मास्कको माग बढेको छ। भारतमा काम विशेषले परिवारसहित जान थालेका बेदकोट नगरपालिकाका रामदास रानाले भारतीय शुरक्षाकर्मीले मास्कविना जान नदिने भएपछि मास्क लगाएर जान थालेको बताए।
भारतीय सीमा क्षेत्रमा खटाईएको स्वाथ्यकर्मीको टोलीले समेत संकास्पद बिरामीलाई चेकजाँचसमेत गर्दै आएको छ। इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार पाँच दिनदेखि भारतीय पक्षले कोरोना भाइरस भित्रिन नदिनका लागि सो कार्य गर्दै आएको हो।
मास्क अनिर्वाय गरिएपछि निकटकर्ती भारतीय बजारमा कारोवार गर्ने व्यापारीले समेत मास्कको प्रयोग गर्दै आएका छन्। भारतीय शुरक्षाकर्मीले मास्क नलगाएको पाए फिर्ता पठाउने र बढी केरकार गर्ने भएकाले मास्क लगाएर मात्रै त्यसतर्फ जाने गरेको सुरत साउदले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।