|

जनकपुरधाम : अब धनुषामा डिजे बाजा बजाउन नपाउने भएको छ। डिजे बाजा बजाउन प्रतिबन्ध लगाउनले धनुषा प्रशासनले गरेको निर्णयमा व्यवसायी सहमत भएका हुन्। 

जिल्ला प्रशासन कार्यालय धनुषाले केही दिन अगाडि नै जिल्लामा डिजे साउण्डमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। सो निर्णयलाई कार्यान्वनका लागि शुक्रबार जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा डिएसपी रामेश्वर कार्कीले व्यवसायीसँग छलफल गरे। छलफलमा व्यवसायीले डिजे बाजा नबजाउने प्रतिवद्धता जनाएका हुन्।

छलफलपछि बैठकको अध्यक्षता गरेका डिएसपी कार्की र डिजे व्यवसायीले ठूलो स्वरको डिजे बाजा र अश्लिल तथा दोहोरो अर्थ लाग्ने गीत नबजाउने निर्णयमा हस्ताक्षर गरेका छन्। 

विगतमा पनि जनकपुरधाम उपमहानगरपालिका र अन्य केही स्थानीय तहले डिजे साउण्ड बजाउने निर्णय गरेको थियो। तर कार्यान्वयन भने हुन सकेन। डिएसपी कार्कीले भने, ‘ व्यवसायी स्वयं सहमति भएकाले कडाइकासाथ कार्यान्वयन हुन्छ।’

निर्णयविपरित कसैले ठूलो स्वरमा डिजे बाजा र अश्लील गीत बजाउने, आरकेस्ट्रा तथा नाच गर्ने गरेको पाइएमा कानुनबमोजिम कारबाही गर्ने डिएसपी कार्कीले बताए। निर्णयविपरित कार्य गर्नेलाई अभद्र व्यवहार वा शान्ति भंग गर्नेविरुद्ध मुद्दा चलाउने उनको भनाई छ।

‘व्यवसायी समेतले निर्णयविपरित कार्यान्वयन गरेमा कानुन बमोजिम सजायको भागिदार बन्नुपर्छ’, डिएसपी कार्कीले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.