समाज

लामा समुदाय बार्दैनन् छाउ प्रथा, बार्नेलाई देउताकै डर

सफा सुरक्षित र स्वस्थ्य छाउ घर बनाउ

फागुन २३, २०७६

    मुगु : जिल्लाको सोरु गाउँपालिका-९, कालै गाउँकी झुप्पा विक अहिले पनि महिनावारी हुँदा ७ दिनसम्म छाउ बार्दै आइरहेकी छन्।

    उनको घरमा छाउगोठ त छैन। तर, महिनावारी हुँदा छाउ बार्ने र घरभित्रै एउटा कोठामा सुत्नुपर्ने बाध्यता छ। कारण हो देवीदेवता रिसाउने डर। उनी मात्र होइन, मुगु जिल्लाका अधिकांश महिला महिनावारी भएमा देवीदेवता रिसाउने डरले वर्षौंदेखि छाउ बार्ने गर्छन्।

    महिनावारी हुँदा छाइछुई भए अनिष्ट हुने विश्वास ग्रामीण क्षेत्रमा कायमै छ। गाउँका सबै महिला किशोरीले नियमित रूपमा छाउ बार्ने गरेको उनी बताउँछिन्।

    तर, ज्वाइँको घर गइसकेकी छोरी माइत आएर महिनावारी भएमा हप्ता दिनभन्दा बढी बाहिरै बस्नुपर्छ 'घरमा देवताको थान छ। छाउ नबारी सुखै छैन' उनले भनिन्।

    छाउगोठ भत्काए पनि प्रथा कायमै

    मुगु जिल्‍लाका अधिकांश गाउँबस्ती छाउगोठ मुक्त भइसकेका छन्। तर गाउँ बस्तीमा छाउपडी प्रथा कायमै छ। छाउप्रथा न्यूनीकरण गर्न जिल्लामा विभिन्न संघ–संस्थाले अभियान चलाए पनि प्रभावकारी बनेको छैन। छाउप्रथा न्यूनीकरण र रुपान्तरणका लागि जतिसुकै  प्रयास भए पनि महिलामै मानसिक परिवर्तन नआएसम्म व्‍यवहारमा परिवर्तन सम्भव नभएको महिला अधिकारकर्मी बताउँछन्।

    महिनावारीका बेला महिला तथा किशोरीहरूले अँध्यारो कोठामा गुम्सिएर बस्नुपर्ने बाध्यता हटेर सफा कोठा र खाटमा सुत्न पाएका छन्' अधिकारकर्मी चेतना शाहीले भनिन्। केही हदसम्‍म भए पनि यो सहज र सुविधा भएको उनको भनाइ छ।

    अन्धविश्‍वासको पीडा

    महिनावारी भएका महिलाले दुहुनो गाईभैंसी र फलफूलका विरुवा पनि छुन नहुने विश्वास छ। त्‍यस्तै एकसरो कपडामा चिसो ठाउँमा बस्‍नुपर्दा महिलाहरू बिरामी पर्ने गरेका छ।

    लामो समय छाउ बार्ने र पोषणयुक्त खाना नखाने महिलाहरू शारीरिक रूपमा कमजोर हुँदा कलिलो उमेरमै मुख चाउरिने, बच्चा पाउन मुस्किल हुने, रक्तअल्पता हुनेजस्ता समस्याबाट पीडित हुने गरेको स्वास्थ्यकर्मीहरूले बताउने गरेका छन्।

    छाउगोठ छैनन्  

    केही समयअघि गृह मन्त्रालयले अभियानै चलाएर देशभरका छाउगोठ भत्कायो।

    मुगुमा भने छाउगोठ नभेटिएकाले धामीझाँक्रीहरूलाई प्रहरीले प्रशिक्षण मात्रै दियो। छाउपडीविरुद्ध विभिन्न सचेतना कार्यक्रम नै चल्‍यो। मुगुमा पनि सचेतना कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक भुवनेश्वर प्रसाद साहले बताए।

    जिल्लाभर ३ भन्दा बढी स्थानमा प्रहरीले  छाउपडी प्रथाविरुद्ध  महिला, किशोरी, धामीझाँक्री, पुरोहितहरुसँग अन्तरक्रिया चलायो।

    छाउ प्रथा बार्दैनन् लामा समुदाय

    मुगुका लामा समुदायका महिलाहरूले भने छाउ प्रथा नबार्ने गरेको बताएका छन्। मुगुम कार्मारोङ गाउँपालिका—८ कि ३२ वर्षीया पेमा याङजु लामाले छाउपडी प्रथाबारे आफूहरूलाई अहिलेसम्‍म थाहै नभएको सुनाइन्।

    उनले भनिन्, 'हाम्रो समुदायमा छाउ प्रथाको बार्ने चलनै छैन घरका दिदीबहिनी आमा, भाउजू र सासू-आमासमेत महिनावारी भएको बेला घरबाहिर बस्‍नु पर्दैन।'

    पेमा याङजु मात्र होइन मुगुम कार्मारोङ गाँउपालिका—१ देखि ८ वडाका १२ बस्तीका लामा समुदायमा छाउपडी प्रथा अहिलेसम्म मानेका छैनन्। यहाँका महिलाहरू महिनावारी भएका बेला पनि घरभित्रै बस्ने गरेको मुगुम कार्मारो गाउँपालिका—१ सामिाजिक अभियान्ता छोर्देन तामाङ बताउँछिन्। 

    मुगुम कार्मारोङ गाँउपालिका—१ देखि ८ वडाका महिलाहरु  महिनावारी भएका बेला एक दिन पनि घर बाहिर बस्दैनन  सबैको घरमा  दिनहु बिहान बेलुका पूजाआजा गर्छन्। पुरुष घरमा नभएको बेला महिनावारी भएका महिलाहरुले समेत पूजा गर्छन्।

    उनीहरुले पकाएको खाना धर्मगुरुहरुले समेत खान्छन्।  केही बौद्ध धर्म मान्नेहरुले हिन्दुहरुको देवीदेवतासमेत मान्छन्। तर उनीहरुलाई अहिले सम्म केही भएको छैन।

    क्षेत्री तथा अन्य समुदायले महिलाहरु भने महिनावारीका बेला छाइछुई भए देवता रिसाउने डर मान्छन्। जिल्लाका चार स्थानीयतहहरूमध्ये  छायानाथ रारा नगरपालिका, खत्याड र सोरु गाँउपालिकाम छाउपडी प्रथा विकराल समस्याकै रूपमा रहेको छ। तत्कालका लागि यसको अन्त्य  छाउ गोठ भत्काएर होइन सफा सुरक्षित र स्वस्थ्य छाउ घर बनाएर मात्रै गर्न सकिने देखिन्छ ।

नन्दबहादुर रोकाया

रोकाया थाहा खबरका मुगु समाचारदाता हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]