|

तनहुँ : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आइतबार बिहान बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा गोरखा नगरपालिका–१८ घर भई हाल तनहुँको शुक्लागण्डकी नगरपालिका–२ बस्दै आएकी २५ वर्षीया शर्मिला ठकुरी छिन्।

मुग्लिङबाट पोखरातर्फ आउँदै गरेको ग१ख ४९०० नम्बरको बस सडकमा पल्टिँदा च्यापिएर ठकुरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए। ‘अगाडिको सिटमा बसेकी युवती झ्यालको शिशा फुटेर बसबाट खसेको र सोही बसले च्यापिएर मृत्यु भएको रहेछ,’ उनले भने।

दुर्घटनामा बसमा सवार १८ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनालाई थप उपचारका लागि पोखरा र एक जनालाई काठमाडौँ पठाइएको छ भने अन्य घाइतेको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

रामेछापमा आकस्मिक जहाज अवतरण

यस्तै, काठमाडौंबाट सोलुखुम्बुको लुक्लाका लागि उडेको समिट एयरको जहाजले रामेछाप विमानस्थलमा आकस्मिक अवतरण गरेकोछ । बिहान ९ बजेतिर जहाजको इन्जिनमा एक्कासि खराबी आएपछि रामेछाप विमानस्थलमा आकस्मिक अवतरण गरको नागरिक उड्डयन कार्यालय रामेछापले जनाएको छ। उक्त जहाजमा रहेका चालक दलसहित १८ यात्रु सकुशल रहेको समिट एयरले जानकारी दिएको छ।

जहाजलाई क्याप्टेन तेन्जिङ लामा र सह क्याप्टेन पिडि शेर्पाले उडाएका थिए। उक्त जहाजको प्राविधिक परीक्षणका लागि समिट एयर र नेपाल नागरिक उडड्यन प्राधिकरणको टोलीले छानबिन थालेको छ। लुक्लाका लागि उडेका यात्रुहरुलाई तारा एयरको विमानले गन्तव्यमा लगेको नागरिक उडड्यन कार्यालय रामेछापले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.