डोल्पा : काइके गाउँपालिकाले तराईका जिल्लामा पढ्न गएका विद्यार्थी घर फर्काउन ३० लाख रुपैयाँ छुट्याएको छ। गाउँ कार्यपालिको आपतकालीन बैठकले जिल्लाबाहिर पढ्न गएका करिब तीन सय विद्यार्थी घर फर्काउनका लागि ३० लाख रुपैयाँ छुट्याएको हो।
कोरोना भाइरसको त्रासका कारण नेपालगञ्ज, काठमाडौं, पोखरा, सुर्खेतलगायतका जिल्लामा पढ्न गएका विद्यार्थीहरु घर फर्कन चाहेकाले उनीहरुलाई फर्काउनका लागि ३० लाख रुपैयाँँ छुट्याइएको गाउँपालिकाका अध्यक्ष अंगत रानाले जानकारी दिए। आफू बसेको ठाउँबाट हवाईजहाज वा गाडी जुनसुकै सवारीसाधनबाट घर फर्कने विद्यार्थीहरुको भाडा गाउँपालिकाले ब्यहोर्ने अध्यक्ष रानाले बताए।
विद्यार्थीका लागि छुट्याइएको रकमबाट मास्क, स्यानिटाइजर र साबुन पनि खरिद गर्ने बताइएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।