ओखलढुंगा : लकडाउन अवज्ञा गरेर चलाउँदा ओखलढुंगामा सवारी दुर्घटना भएको छ। दुर्घटनामा तीन जना घाइते भएका छन्। तीन जना बोकेर तीव्र गतिमा कुदाइएको बा६३प ९३५५ नम्बरको मोटरसाइकल मानेभञ्ज्याङबाट हर्कपुर जाँदै गर्दा हर्कपुरबाट मानेभञ्ज्याङतर्फ आउँदै गरेको ना६त ७३६० नम्बरको ट्याक्टरसँग ठोक्एिको थियो।
सिद्धिचरण राजमार्ग अन्तर्गत मानेभञ्ज्याङ गाउँपालिका ५ जेरुङ गाउँमा दुर्घटनामा परेको थियो। दुर्घटनामा घाइते हुनेमा सोही ठाउँका पवित्रा राई, सुजन राई र सनम राई छन्। उनीहरुमध्ये पवित्रा राई अचेत अवस्थामा रहेकाले उपचारका लागि ओखलढुंगा सामुदायिक अस्पताल पठाइएको छ। अन्यको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
लकडाउनको समय सुरक्षित रहनुपर्ने बेलामा प्रहरीको आँखा छलेर खाली सडकमा सवारी कुदाउँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डिएसपी रुपेश खड्काले जानकारी दिए। ट्याक्टर चालकलाई प्रहरीले पक्राउ गरेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।