|

काठमाडौं :  सरकारले कोरोना भाइरसका कारण नेपाल आउन नपाई विदेशमा नै अड्किएका विद्यार्थी र अन्यलाई अहिलेलाई जहाँ बसेको छ त्यहीँ रहन आग्रह गरेको छ।

कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको आइतवार सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण प्रसाद बिडारीले विदेशमा रहेका नेपालीलाई जहाँ रहेको त्यहीँ बस्‍न अपिल गरे।

'विदेशमा रहेका नेपाली अहिलेलाई जहाँ रहेको हो त्यहीँ बस्‍नुपर्ने छ', उनले भने, 'कोरोना भाइरसको प्रकोप सामान्य भएपछि मात्रै फर्काउने हो। अहिलेलाई जो जहाँ हो त्यहीँ बस्‍ने बाहेक विकल्प छैन।'

बिडारीले विदेशमा अड्किएकालाई राष्ट्र बैंकको निगराीनमा खर्च पठाउने व्यवस्था गरिने पनि जानकारी दिए। 'विदेशमा रहेकालाई राष्ट्र बैंकको निगरानीमा अभिवभावकले खर्च पठाउने व्यवस्था गर्दैछौं', उनले भने, 'यो तनाव कम नभइकन कोही पनि नागरिकलाई विदेशबाट ल्याउन सक्ने अवस्था छैन।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.