कञ्चनपुर : विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट जोगाउनका लागि कञ्चनपुरको भीमदत्तनगर बजार क्षेत्रमा सशस्त्र प्रहरीले औषधी छर्कन शुरू गरेको छ।
आइतबार सशस्त्र प्रहरीले 'स्प्रे टंकी'को सहायताले भीमदत्तनगर बजार क्षेत्रको तरकारी बजार (सब्जीमण्डी), ओपेरा होटेल, बस पार्क लगायतका क्षेत्रमा जिवाणु प्रतिरोधी औषधी छर्केको सशस्त्र प्रहरी बल ३५ नंम्बर गण, झलारीका सशस्त्र प्रहरी उपरीक्षक बीर बहादुर शाहले जानकारी दिए।
'संक्रमण हुन नदिनका लागि औषधी छर्कने कार्यलाई निरन्तरता दिएका छौं,' उनले भने, 'आवश्यकता देखिएका अन्य ठाउँमा समेत औषधी छर्ने कार्यलाई निरन्तरता दिन्छौं।' बढी भीडभाड र आवतजावत हुने क्षेत्रमा औषधी छर्कने कार्य गरिने शाहले बताए।
औषधी छर्कनका लागि झलारीस्थित आरसीटी कम्पनीले 'स्प्रे' गर्ने ट्रयाक्टर सहितको ट्यांकी उपलब्ध गराएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।