|

काठमाडौं : यशुलाई विश्‍वास गरेमा कोरोना भाइरस नलाग्ने भन्दै सर्वसाधरणलाई भ्रम फैलाउने एकजना महिला चितवनमा पक्राउ परेकी छन्। 

जिल्ला प्रहरी कार्यालय चितवनले माडी नगरपालिका-७ घर भएकी ३८ वर्षीया जानकी ढुंगानालाई पक्राउ गरेर कारवाही अघि बढाएको हो। 

जिल्ला प्रहरी प्रमुख एसपी नान्तीराज गुरुङका अनुसार ढुंगानाले 'तपाईंहरू यशुलाई विश्वास गर्नुस् कोरोनाले छुन सक्दैन' भन्दै भ्रम फैलाएको खुलेको छ। ढुंगानालाई पक्राउ गरेर प्रहरीले अनुसन्धानका लागि जिल्ला अदालतबाट १० दिनको म्याद लिएको छ।

'पक्राउ परेकी  मान्छे भेला पार्दै यशुको किताब र फोटो बाँडेको खुलेको छ,' एसपी गुरुङले भने,'यस्तो काम उनी आफैँले गरेको या अरुले अह्राएको भन्‍ने हामी खोजीनीति गरिरहेका छौ।'
प्रहरीका अनुसार ढुंगानाविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा ११८ अन्तर्गत अभद्र व्यवहार मुद्दा दर्ता गरी अनुसन्धान थालिएको छ। प्रहरीले यस्तै भ्रम छरेको अभियोगमा कास्कीबाट पाश्‍चर केशव आचार्यलाई पनि पक्राउ गरिसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.