समाज

एम्बुलेन्सको ठक्करबाट स्वास्थ्यकर्मीको मृत्यु

चैत १९, २०७६

    सुनसरी : एम्वुलेन्सले ठक्कर दिँदा सुनसरीको इनरुवामा एक महिला स्वास्थ्यकर्मीको ज्यान गएको छ। स्कुटरमा सवार ३५ वर्षीया रत्ना श्रेष्ठको ज्यान गएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ।

    बुधबार विहान पूर्व-पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ च ९६०५ नंको एम्वुलेन्सले विपरीत दिशाबाट आउँदै गरेको को १६ प २०६४ नंको स्कुटरलाई ठक्कर दिएको थियो। 

    ठक्करका कारण गम्भीर घाइते भएकी श्रेष्ठलाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल लाने क्रममा बाटैमा ज्यान गएको हो।

    एम्वुलेन्स चालक सुन्दरहरैँचा ४ बस्ने बर्ष ४० का चन्द्रबहादुर राईलाई इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]