कोभिड-१९ {अपडेट}

काठमाडौं जिल्ला प्रशासनले रोक्यो पास वितरण

अत्यावश्‍यक सेवालाई पास नचाहिने

चैत २०, २०७६

    काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबारबाट सवारीसाधनलाई पास वितरण नगर्ने भएको छ। सवारी पासको लागि कार्यालयमा अत्यधिक भिड बढेकोले सवारीसाधनको पास वितरण बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

    प्रशासनले कोभिड-१९ को संक्रमण रोक्नका लागि लकडाउन अवधिभर अत्यावश्यक कार्यका लागि सवारीसाधनहरूलाई पास वितरण गर्दै आएको थियो। भिडभाडबाट कोरोना संक्रमणको जोखिम बढ्नुका साथै पासको दुरुपयोगसमेत गरिएकोले बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए।

    अत्यावश्‍यक सेवालाई पास नचाहिने

    उनका अनुसार अत्यावश्यक सेवा तथा सामग्रीहरुको सहज आवागमन तथा पासको दुरुपयोग रोक्नको लागि नयाँ व्यवस्था गरेको छ। जसमा एम्बुलेन्सहरु, औषधि तथा औषधिजन्य वस्तु बोकेका सवारी तथा डाक्टर, नर्स तथा कर्मचारीहरुलाई बोकेका सवारीले पास लिनु नपर्ने व्यवस्था गरेको छ।

    तर, सबैले आफ्नो परिचयपत्र बोक्नुपर्नेछ। खाद्यान्न, तरकारी, फलफूल, माछामासु, दूध, पानी, तेल, पशुपक्षीजन्य आहार, इन्धन, सरसफाइका वस्तुहरुको ओसारपसार गर्ने भ्यान, पिकअप, ट्याङ्करका साथै फोहोर बोक्ने सवारीहरुले पनि निर्वाधरुपमा चल्न पाउने भएका छन्।

    तर,यस्ता सवारीहरुमा यात्रु ओसार्न भने पाइनेछैन। व्यक्तिगत समस्या, परिवार, वा आमा बिरामी ,भेटघाट, काम विशेष जस्ता विषयलाई लिएर सवारी पास नपाउने उनले बताए। तत्काल पर्ने आकस्मिक मानवीय अवस्था, गम्भीर बिरामी अस्पताल जानुपर्ने अवस्था जस्ता परिस्थितिमा नजिकको सुरक्षा इकाइसँग आवश्यक समन्वय गर्न आग्रह गरेको छ।

अतिन आचार्य

आचार्य थाहाखबरका सामाजिक मामिला संवाददाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]