|

अर्घाखाँची : कारोना भाइरस शंकामा स्वाब परीक्षणका लागि पठाइएको आठजनाको रिपोर्ट नेगेटिभ आएको छ।

काठमाडौंमा स्वाब परीक्षणका लागि पठाइएका आठजनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल अर्घाखाँचीका प्रमुख डा. कपिल गौतमले जानकारी दिए। कोरोना संक्रमितसँगै विमानमा आएका तथा उनीहरुसँग सम्पर्कमा आएका आठजनाको स्वाब परीक्षणका लागि लुम्बिनी प्रादेशिक अस्पतालबाटकाठमाडौं पठाइएको थियो। 

यस्तै? १४ दिनसम्म राख्दा कोरोना संग मिल्दाजुल्दा कुनै लक्षण नदेखिएपछि  सन्धिखर्कको आइसोलेसनमा राखिएका तीनजनालाई घरमा पठाइएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ। जिल्लाका विभिन्न स्थानमा गरी अहिले ३४ जनालाई क्वारेन्टाइनमा राखिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.