|

काठमाडौं : विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डाक्टर सुनिल शर्माले कोरोना प्रभावितहरुलाई सहयोगका लागि ३० लाख ३६ हजार सहयोग गरेका छन्।  मोरङ क्षेत्र नं ३ मा पर्ने बेलबारी, पथरी शनिश्चरे र सुन्दरहरैंचा नगरपालिका कार्यालयको राहत कोषमा जम्मा हुनेगरी डा शर्माले उक्त रकम बिहिबार बेलबारीमा नगर प्रमुखहरुलाई हस्तान्तरण गरे। 

उनले बेलबारीका नगरप्रमुख ज्ञानेन्द्र सुवेदीलाई ११ लाख ७५ हजार, पथरी शनिश्चरे नगर प्रमुख दिलिपकुमार राईलाई ९ लाख ८६ हजार र सुन्दरहरैंचा नगरप्रमुख शिवप्रसाद ढकाललाई ८ लाख ७५ हजारको चेक हस्तन्तरण गरे।

आफूले चुनावमा प्रतिस्पर्धा गरेको मोरङको क्षेत्र नं ३ का कोरोना प्रभावितहरुलाई राहतका लागि डा शर्माले रकम सहयोग गरेका हुन्।  डा शर्माले यो संकटका बेला आफ्नो ठाउँका कोरोना प्रभावित गरिब, दुखीलाई राहत पुर्याउँन सहयोग गरेको प्रतिक्रिया दिए। 

राहत ग्रहण गर्दै सुन्दरहरैचा नगरप्रमुख ढकाल र बेलबारीका नगर प्रमुख सुवेदीले धन मात्र नभई ठूलो मन भएको व्यक्तिका रुपमा डा शर्मालाई चिनाउँदै उनको सेवा भावको खुलेर प्रशंसा गरे। डा शर्मा २०७४ को संविधानसभा चुनावमा मोरङ क्षेत्र नम्बर ३ मा स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग पराजित भएपनि सो क्षेत्रको विकासका लागि सक्रिय रहदै आएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.