आठजना स्थल सेनालाई पनि कोरोना

|

मुम्बई : कोरोना भाइरसका कारण भारतीय नौसेना पनि प्रभावित भएको छ। भारतीय नौसेनाका २१ सदस्य कोरोना पोजेटिभ पाइएका हुन्। यी सबैलाई मुम्बईको कोलाबास्थित नौसेना अस्पताल आईएनएचएस अश्‍विनीमा भर्ना गरिएको छ।

स्थल सेनापछि नौसेनामा पनि कोरोना संक्रमण पाइएको हो। नेभीका अनुसार यी सबै एक नाविकको सम्पर्कमा आएका थिए। जो ७ अप्रिलमा गरिएको परीक्षणमा कोरोना संक्रमित पाइएका थिए। नेभीका अनुसार जहाज र पनडुब्बीमा कोही पनि कोरोना संक्रमणको केस आएको छैन।

नौसेनाले समाचार एजेन्सी एएनआईलाई बताए अनुसार मुम्बईस्थित नौसेना परिसरमा २१ जना नेभी सदस्यलाई कोभिड-१९ पोजेटिभ पाइएको हो। यसमा नौसेना बेस आईएनएस आङ्ग्रेका २०0 नाभिक सामेल छन्। 

यी सबै आईएनएस-आङ्ग्रेमा रहेका थिए। नौसेनाका अधिकारीले नौसेनाका संक्रमितको सम्पर्कमा आएकाहरुको खोजी गरिरहेको छ। अधिकारीले नौसेनाको ड्युटी लगाइएका स्थानको पनि पहिचान गरेर सेनिटाइज गरिँदैछ। आईएनएस आङ्ग्रेलाई सिल गरिएको छ। सबै आवासीय ब्लकका मानिसलाई क्‍वारेन्टाइनमा लगिएको छ। यसलाई कन्टेन्मेन्ट क्षेत्र घोषित गरिएको छ। 

सेनाका ८ जवानमा कोरोना
भारतीय सेनाका प्रमुख जनरल एमएम नरवणेले १७ अप्रिलमा बताए अनुसार सेनामा कोरोना संक्रमणका ८ मामिला सार्वजनिक भएका छन्। यिनमा दुई डाक्टर र एक नर्स पनि सामले छन्। उनले आफ्ना जवानहरु अन्य मानिससँग सम्पर्कमा नआएको पनि बताएका छन्। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.