|

कोरोना भाइरस  (कोभिड(१९) को संक्रमणबाट अमेरिकामा एकै दिन २ हजार ३ सय ४१ जनाको मृत्यु भएको छ।

अमेरिकामा मृतकको संख्या ४७ हजार ६ सय ५९ पुगेको छ। त्यस्तै त्यहाँ ८ लाख ४८ हजार ७ सय १७ जना संक्रमित  छन्। अमेरिकामा एकै दिन ३० हजार नयाँ बिरामी थपिएका छन्। 

विश्वभरबाट विगत २४ घण्टामा ६ हजाार पाँच सय भन्दा बढीको ज्यान गएको छ। त्यस्तै करिब ८० हजार नयाँ बिरामी उपचारको लागि अस्पताल पुगेका छन्।

इटालीमा २५ हजार ८५ जनाको मृत्यु भएको छ। त्यस्तै स्पेनमा २१ हजार ७ सय १७ को ज्यान गएको छ भने त्याँ २ लाख आठ हजार ३ सय ८९ संक्रमित छन्। फ्रासमा २१ हजार ३ सय ४० जनाको ज्यान गएको छ। त्यस्तै त्यहाँ १ लाख ५९ हजार संक्रमित छन्। बेलायतमा मृततको संख्या १८ हजार नाघेको छ। त्यहाँ १ लखा ३३ हजार भन्दा बढीमा संक्रमण छ। 

वर्ल्डोमिटर्सको तथ्याङ्कअनुसार बुधबार विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख ८४ हजार ६ सय ६६ छ। विश्वभर संक्रमितको संख्या २६ लाख ३५ हजार ७ सय १९ छ। ति मध्ये ७ लाख १७ हजार मानिस निको भएर घर फर्किएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.