|

रुपन्देही : बुटवल उपमहानगरपालिका कोरोनाको कारण रोकिएका खोप कार्यक्रम सञ्चालन गरेको छ। स्वास्थ्यकर्मीलाई कोरोनाको सम्भावित जोखिम कम गर्न व्यक्तिगत सुरक्षाका उपकरण अर्थात् पिपिई उपलब्ध गराएर सुरक्षित खोप कार्यक्रम पनि सुरु गरेको छ।

कोभिड–१९ को महामारी रोक्न लकडाउन भएपछि अन्यत्र रोकिएका बेला बुटवलले भने महामारीविरुद्ध पूर्व-तयारीसँगै थप सुरक्षाको उचित प्रबन्ध मिलाएर खोप कार्यक्रमलाई सञ्चालन गरेको हो।

बालबालिकालाई निश्चित रोगबाट बचाउन अग्रिम दिइने एन्टिजोनलाई खोप भनिन्छ। एन्टिजोनहरू रोगविरुद्ध लड्ने प्रतिरोधात्मक क्षमता बढाउनका लागि निश्चित समयमा उमेर समूह अनुसार बच्चालाई लगाइन्छ।

बुटवलमा अहिले लगाउन थालिएका सबै खोप विश्व स्वास्थ्य संगठनद्वारा मान्यताप्राप्त खोप हुन्। खोप सबै निःशुल्क र गुणस्तरयुक्त रहेको उपमहानगरपालिकाले जनाएको छ।

खोपको सुरक्षित कार्यक्रम सञ्चालन गर्न उपमहानगरपालिकामा रहेका नगर स्वास्थ केन्द्र र स्वास्थ्य चौकीमा पिपिईसहितका स्वास्थ्यकर्मीहरू खटिएका छन्

सुरक्षित रहन आग्रह

उनीहरुलाई प्रमुख शिवराज सुवेदीले स्वास्थ जस्तो संवेदनशील क्षेत्रमा कुनै पनि हेल्चेक्र्याइँ नगरी सुरक्षित रहेर सुरक्षित पार्न आग्रह गरे। उपमहानगरमा रहेका र पीपीई लगाउँदै खोप कार्यक्रममा जुट्ने स्वास्थकर्मीहरुलाई निर्देशन दिँदै प्रमुख सुवेदीले प्रभावकारी सेवा प्रवाहमा ध्यान दिन जरुरी रहेकोमा जोड दिए।

‘रोग प्रतिरोधात्मक क्षमतासमेत बढाउने र बालबालिकाका लागि अति जरुरी रहेको खोपलाई बन्द नगर्न जुनसुकै सुरक्षाको प्रबन्ध मिलाएर भए पनि सुचारु गर्नुपर्छ भनेर लागेका हौं’ प्रमुख सुवेदीको भनाइ छ। कोरोनामा देखिने लक्षण ज्वरो र श्वासप्रश्वास समस्याका लागि बीसीजी खोपलाई प्रभावकारी मानिएको छ।

जन्मिनेबित्तिकै लगाउनुपर्ने बिसिजीदेखि विभिन्न आठ प्रकारका खोपलाई बुटवलले निरन्तरता दिएको छ। नगरका सहरी स्वास्थ्य केन्द्र, सेमलार स्वास्थ्य चौकी र मोतीपुर स्वास्थ्य चौकीमा वैशाख १० गतेदेखि सुरु भएको
खोप आउँदो १४ गतेसम्म सञ्चालन हुने गरी कार्यक्रम सुरु गरिएको बुटवलका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिए।

यी स्थानमा खटिने प्राविधिक तथा प्रत्येक खोप सेसनमा जाने स्वास्थ्यकर्मीलाई पीपीईसहितका स्वास्थ्य सुरक्षाका सामग्रीको व्यवस्था मिलाइएको छ। पीपीई लगाएका दुई जना स्वास्थ्यकर्मीले सुरक्षित तरिकाले खोप लगाउने गरी समय तालिका मिलाइएको र उनीहरुको संयोजन स्वास्थ्य शाखाका  प्रमुख कुन्दनकुमार सिंह नेतृत्वमा कर्मचारीहरुले गरेका छन्।

करिब ६ हजार बालबालिका

बीसीजी, पेन्टा, ओपीभी, एफआइपीभी, पीभीसी, एमआर तथा जेई र टीटी नामका खोप लगाउन सुरु गरिएको छ। यी खोप जन्मिदेखि २३ महिनाको बच्चालाई
लगाउनुपर्ने हुन्छ। जन्मिएदेखि २३ महिना पुगेका उमेर समूहका बच्चाहरु हाल बुटवलमा झण्डै ६ हजार जना रहेको उपमहानगरको स्वास्थ्य शाखाको तथ्यांकमा छ।

बुटवलमा हाल वर्षभरिमा पाँच सय ५२ खोप सेसनहरु सञ्चालन हुँदै आएका छन्। यस क्षेत्रमा बीसीजी खोप ११ हजार ४०, डीपीटी हेप वी हिव १२ हजार तीन सय
८०, एमआर ११ हजार ६ सय ७० तथा टीटी १० हजार ५० र जेई तीन हजार पाँच ११ जनाले वार्षिक रुपमा लगाउने गरेको स्वास्थ्य शाखाको तथ्यांकमा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.