|

काठमाडौं : नेपाल औषधि उत्पादक संघले नेपाल चिकित्सक संघलाई चिकित्सकहरुको पहिचान झल्कने ज्याकेट हस्तान्तरण गरेको छ।

चिकित्सकहरुले  मात्र प्रयोग गर्ने र चिकित्सकहरुलाई सबैले सजिलै चिन्‍न सकिने गरि बनाइएको उक्त ज्याकेट्को प्रयोगले यो कोरोना विरुद्धको लडाइका अग्रपंक्तिमा रहेका चिकित्सकहरुको पहिचान र सुरक्षामा विशेष सहयोग पुग्ने नेपाल औषधि उत्पादक संघका महासचिब विप्लव अधिकारिले बताए।

ज्याकेटहरु सकेसम्म चाँडो देशभरिकै चिकित्सकहरुमा पुर्‍याउने तयारी औषधि उत्पादक संघले जनाएको छ। चिकित्सकहरुको पहिचान अभावले दुर्व्यवहारका घटना हुन नदिन औषधि उत्पादकहरुले नेपाल चिकित्सक संघको सहकार्यमा उक्त ज्याकेटहरु उपलब्ध गराएका हुन्। 

औषधि उत्पादक संघका महासचिव विप्लव अधिकारीले ज्याकेटका कारण चिकित्सकको सुरक्षालाई सहज हुने बताए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.