|

सिन्धुपाल्चोक :  सिन्धुपाल्चोकका शिक्षकहरुका लागि अनलाइन माध्यमबाट विद्युतीय सामग्री प्रयोगबारे तालिम दिइएको छ। नेपाल इंग्लिस ल्यांग्वेज टिचर्स एसोसिएसन सिन्धुपाल्चोकको आयोजनामा ५ दिनसम्म तालिम सुरु भएको हो । 

कक्षाकोठामा प्रयोग गर्न सकिने विद्युतीय सामग्रीबारे अभ्यास गर्ने वातावरण सिर्जना गर्ने उद्देश्यले कक्षा सुरु गरिएको आयोजक समिति संयोजक लक्ष्मण श्रेष्ठले जानकारी दिए । लकडाउनका बेला वैकल्पिक शिक्षण पद्धतिबारे शिक्षकहरुलाई जानकारी गराउन अनलाइन कक्षा सुरु गरिएको श्रेष्ठले बताए । 

तालिमको  उद्घाटन गर्दै नेल्टाका अध्यक्ष एवं सर्वोच्च अदालतका अधिवक्ता मोतिकला सुब्बा देवानले विशेष अवस्थामा अनलाइन कक्षा चलाउन सक्षम बनाउन तालिम सुरु गरिएको बताए । 

पहिलो खण्डमा काठमाडौं विश्वविद्यालयका प्रोफेसर तथा नेल्टाका उपाध्यक्ष प्राध्यापक डा. लक्ष्मण ज्ञवालीले भर्चुअल कक्षामा प्रयोग हुने विभिन्न विद्युतीय सामग्रीसम्बन्धी प्रस्तुतीकरण गरेका थिए। अनलाइन तालिम कार्यक्रमको सिन्धुपाल्चोकका रेडियोहरु रेडियो मेलम्ची र रेडियो सिन्धुबाट बिहान साँढे ८ बजेदेखि साँढे १० बजेसम्म प्रत्यक्ष प्रसारण गरिएका थिए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.