सांसदहरुले लकडाउन नमानेकोमा आपत्ति

|

काठमाडौं : सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)की सांसद रामकुमारी झाँक्रीले लकडाउनकै अवधिमा सिंहदरवारमा संसदीय समितिका बैठकहरु चलाइएकोमा असन्तुष्टि जनाएकी छन्। 

सामाजिक सञ्‍जाल ट्‍विटरमा आफ्नो धारणा सार्वजनिक गर्दै सांसद झाँक्रीले लकडाउनको अवधिमा कुनै सावधानीबिना निर्वाध संसदीय समितिका बैठक चलाइएकोमा आपत्ति व्यक्त गरेकी हुन्। 

‘एकाएक सिंहदरवारमा भिडभाड बढ्यो, विभिन्‍न जिल्लाबाट माननीयहरु आउनुभएको छ। यतिञ्जेल देशमा लकडाउन छ तर बिनाकुनै सावधानी, यसरी निर्वाध बैठक चलाउने हो भने, दुई कुरा मान्‍नुपर्यो,’ झाँक्रीले लेखेकी छन्, 'एक यो देशमा सिंहदरवार आउनेलाई कोरोना लाग्दैन, दुई लकडाउन सर्वसाधारण जनतालाई मात्र हो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.