|

डडेल्धुरा : डडेल्धुराको भित्रीमधेसमा पर्ने परशुराम नगरपालिकाले भारतमा अलपत्र परेका ९ नेपालीको उद्धार गरेको छ।

लकडाउनका कारण भारतको वनवासा क्वारेन्टाइनबाट निकालिएका परशुराम नगरपालिकाका पाँच र आलिताल गाउँपालिकाका ४ जना गरी ९ जनाको नगरपालिकाले उद्धार गरेको हो।

वनवासास्थित सारदा इन्टरमिडियट कलेजको क्वारेन्टाइनमा विगत ४३ दिनदेखि कष्टपूर्णरूपमा बस्दै आएका उनीहरू उद्धार गरिएको नगरपालिकाका नगरप्रमुख भीमबहादुर साउदले जानकारी दिए। उनीहरूलाई नगरपालिकाको एम्बुलेन्समार्फत सोमबार राति जोगबुढा ल्याइएको प्रमुख प्रशासकीय अधिकृत तारानाथ पनेरुले बताए।

‘नगरप्रमुखज्यूलाई अलपत्र परेका व्यक्तिहरूले टेलिफोनमार्फत उद्दारका लागि आग्रह गरे लगत्तै भारतको वनवासा क्वारेन्टाइनबाट छोडिएका उनीहरूको कञ्चनपुरको बैजनाथ मावि महेन्द्रनगरबाट उद्धार गरिएको हो,’ उनले भने,‘उनीहरूलाई भारतीय प्रहरीले सीमासम्म छोडिदिएको रहेछ। हामीले यहाँबाट एम्बुलेन्स पठायौं र उहाँहरूलाई राति ११ बजेतिर जोगबुढा पुर्‍याएका हौं।’

प्रमुख प्रशासकीय अधिकृत पनेरुका अनुसार परशुराम नगरपालिकाका पाँचजनालाई त्रिवेणी बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको छ।

आलिताल गाउँपालिले पनि आफ्ना चारजना नागरिकहरूलाई क्वारेन्टाइनमा राखेको जनाएको छ। उनीहरूको मंगलबार पिसिआर विधिबाट थ्रोट स्वाब संकलन गरिने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनबहादुर क्षेत्रीले जानकारी दिए।

हालसम्म विभिन्न बाहिय मुलक तथा भारत र देशै अन्य क्षेत्रबाट आएका ३४ जना त्रिवेणी बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको प्रमुख प्रशासकीय अधिकृत पनेरुले जानकारी दिए। मंगलबार पनि नगरपालिकाको एम्बुलेन्स र टिपर आफ्ना नागरिको उद्धारका लागि महेन्द्रनगर गएको उनले बताए।

‘अलपत्र परेका ३०–३५ जना सम्पर्कमा आउनुभएको छ। उहाँहरूलाई ल्याउनका लागि हामीले यहाँबाट गाडी पठाइसकेका छौँ।’ उनले भने,‘उनीहरू पनि उद्धार गरेर ल्याएर क्वारेन्टाइनमा राख्छौँ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.