|
फाइल फाेटाे

काठमाडौं : सत्तारूढ दल नेकपाका प्रवक्‍ता तथा राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले सरकारले भारतले अतिक्रमण गरेको भूमि समेटेर नक्सा सार्वजनिक गर्ने निर्णय ऐतिहासिक भएको बताएका छन्। आइतबार राष्ट्रियसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद श्रेष्ठले यस्तो बताएका हुन्।

श्रेष्ठले भने, ‘नेपालको पश्चिमी सीमामा महाकाली नदीवारि जुन भूमि अतिक्रमित भएको थियो। त्यो फिर्ता ल्याउन ठोस पहल गर्ने र अहिलेसम्म नेपालको नक्सामा छुट हुन गएका ती भूभाग सामेल गरेर नेपालको नक्सा सार्वजनिक गर्ने ऐतिहासिक निर्णय यो सरकारले नीति तथा कार्यक्रममार्फत उद्घोष गरेको छ, धन्यवाद दिन चाहन्छु।’  
भारतीय सेनाका प्रमुखले कसैको उक्साहटमा नेपालले कालापानी आफ्नो भएको दाबी गरेको प्रति पनि श्रेष्ठले टिप्पणी गरे। भारतीय सेना प्रमुखलाई जवाफ दिँदै श्रेष्ठले नेपालले देशको सार्वभौमिताको पक्षमा उभिन कुनै अन्य शक्तिहरूको उक्साहट वा भूमिका आवश्यक छैन भन्ने बुझ्न पनि आग्रह गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.