ज्यान गुमाउनेको संख्या दुई पुग्यो

|

काठमाडौं : बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनमा आज बिहान मृत्यु भएका युवकको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ। 

मृत्यु हुनुअघि नै ती युवकको स्वाब परीक्षणका लागि भेरी प्रादेशिक अस्पताल लगिएको थियो। अस्पतालमा परीक्षण गर्दा मृतक युवक कोरोना संक्रमित रहेको थाहा भएको थियो।

भेरी अस्पतालमा गरिएको परीक्षणमा युवकमा कोरोनाभाइरसको संक्रमण देखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेड डा. प्रकाश थापाले बताए। ‘उनको रिपोर्ट पोजेटिभ आएको छ,' उनले भने, 'यसबारे अरु विवरण स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्नेछ। 

 

भारतको मुम्बईबाट फर्किएका ती युवालाई वैशाख ३० गतेदेखि क्वारेन्टाइनमा राखिएको थियो। आज बिहान अचानक दुईपटक बान्ता गरेलगत्तै उनको निधन भएको थियो। 

यसअघि नरैनापुरको सोही क्वारेन्टाइनमा राखिएका आठ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। अहिले पनि सो क्वारेन्टाइनमा ३८ जनालाई राखिएको छ। 

हिजो (शनिबार) सिन्धुपाल्चोकको बाह्रबिसे–९ राम्चेकी २९ वर्षीया कोरोना संक्रमित महिलाको  धुलिखेल अस्पतालमा मृत्यु भएको थियो। आज बिहान मृत्यु भएका युवासहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा २९२ जना कोरोना संक्रमित भेटिएका छन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.