|

कपिलवस्तु : जिल्लाकाे यशाेधरा गाउँपालिका बनाइएकाे क्वारेन्टाइनमा राखिएका ४५ जना भागेका छन्। 

शुक्रबार र शनिबार राति गरी उनीहरु भागेका बताइएको छ। वडा नम्बर ८ को खोरियास्थित सरस्वती प्राविको क्‍वारेन्टाइनबाट ३० जना र उक्त वडाकै राष्ट्रिय निमाविको क्‍वारेन्टाइनमा राखिएका १५ जना भागेका बताइएको छ। उनीहरु के कारणले भागे भन्नेबारे खुल्न आएको छैन। भागेका व्यक्तिबारे पत्ता लागिसकेको छैन।

सुरक्षाकर्मी परिचालन गरेर उनीहरुको खोजी कार्य भइरहेको कपिलवस्तु जिल्ला प्रशासन कार्यालयले जनाएको छ। वडा नम्बर ८ को भारतसँग सीमा जोडिएको छ। भारतबाट आएका मानिसहरुलाई यहाँको क्‍वारेन्टाइनमा राखिएको छ। क्‍वारेन्टाइनमा राखिएकाहरु भागेपछि गाउँमा भने त्रास फैलिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.