|

काठमाडौं : कोशी अस्पतालको कोभिड-१९ उपचार केन्द्रमा उपचार गराइरहेका कोरोना संक्रमितमध्ये थप आठजना निको भएका छन्‌। उनीहरूलाई बुधबार डिस्चार्ज गरिएको हो।

पाँचजना भारतीय नागरिक र तीनजना नेपाली नागरिक सहित आठजना निको भएर डिस्चार्ज गरिएको कोशी अस्पतालका मेडिसिन विभागका प्रमुख डा. दीपक सिग्देलले जानकारी दिए।

उनका अनुसार आठ जनालाई स्थानीय मदरसाको क्वारेन्टाइनमा बस्नलाई आग्रह गरिएको छ। एकजना विराटनगरबासी पनि रहेको उनको भनाइ छ। ‘सबैजना एकै समुदायको रहेकोले एकठाउँमा बस्न पठाइएको छ,’ उनले भने। 

यससँगै केन्द्रबाट हालसम्म कोरोनामुक्त भएर घर फर्किनेको संख्या २६ पुगेको छ। त्यस्तै देशभर निको हुनेको संख्या ४५ पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.