नेपाली शिक्षण शैली समायाेजन गरी बनाइएकाे दाबी

|

काठमाडाैं : प्रिक्सा टेक्नोलोजिजले प्रिक्सा ओलिभ नामक नयाँ शिक्षा व्यवस्थापन प्रणाली सुरु गरेको छ। प्रिक्साले यस सफ्टवेयरको सुरुवातसँगै साइन अप गर्ने पहिलो २०० स्कुल, कलेज, विश्वविद्यालय तथा तालिम केन्द्रजस्ता संघ संस्थाका लागि निशुल्क सुविधा उपलब्ध गराउने जनाएकाे छ।

यो सफ्टवेर निम्‍नमाध्यमिकदेखि स्नातकोत्तर तहसम्मका पठनपाठनमा सजिलै प्रयोग गर्न सकिने प्रिक्साले बताएकाे छ। अहिलेको लोकप्रिय भिडियो कन्फरेन्सिंग प्लेटफर्म जुम पनि यस सफ्टवेयरमा समावेश गरिएको छ। यस सफ्टवेयरको प्रयोगकर्ताले जुम डाउनलोड नगरिकनै यसका फाइदाहरु लिन सक्ने बताइएकाे छ।  

प्रिक्सा टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत मनिष शर्माका अनुसार यो प्रणाली नेपाली शिक्षण शैली समायोजित गर्ने गरी डिजाइन गरिएको छ। यो एक सहज ज्ञानयुक्त सफ्टवेर भएकाे तथा शिक्षकलाई उनीहरूको आवश्यकताअनुसार पाठ्यक्रम सिर्जना गर्न र मध्यम गर्न स्वतन्त्रता दिने बताइएकाे छ।

साथै सफ्टवेयरबाट विद्यार्थीले कक्षामा ध्यान दिए नदिएको जाँच गर्न केही मिनेटमै Multiple Choice Questions मार्फत कक्षाको प्रभावकारिता मापन गर्न सकिने बताइएकाे छ।

शिक्षकहरूले यस प्रणाली मार्फत निर्धारित समयमा मात्र पनि प्रश्न अनुसूची गर्न सक्ने र विद्यार्थीहरुले तोकिएको समयमा मात्र हेर्न र परीक्षा दिन पाउनेछन् । जसले शिक्षकलाई पनि  विद्यार्थीको ग्रेड पहिचान गर्न लाभ पुर्‍याउँछ।

यस सफ्टवेयरको युजर इन्टरफेस मैत्रीपूर्ण र नेभिगेसन गर्न सजिलो हुने प्रिक्साले दाबी गरेकाे छ। यस सफ्टवेयरले शिक्षकलाई पाठ्यक्रम सिर्जना गरेर, विद्यार्थीहरुलाई आमन्त्रण गरी, आवश्यकता अनुसार ग्रुप बनाएर र पाठ्य सामग्रीको पहुँच दिई सजिलै घरबाटै पठनपाठन बढाउन मद्दत गर्ने भनिएकाे छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.