काठमाडौ : गण्डकी प्रदेशमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नवलपरासी पूर्वको देबचुली नगरपालिका ठेगाना भै सोहि नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका २ जना पुरुष्मा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। उनीहरुलार्ई जिल्ला अस्पताल लैजाने तयारी भैरहेको जनाइएको छ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९ पुगेको छ। संक्रमित मध्ये २ जना निको भइसकेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।