अछाम : अछाममा क्वारेन्टाइनमा बसेकी महिलाले बच्चा जन्माएकी छन्। जिल्लाको मेल्लेख गाउँपालिका-३ ठाँटीको नवदुर्गा मावि क्वारेन्टाइनमा रहेकी सुना नेपालीले शुक्रबार छोरो जन्माएकी हुन ।
ठाँटीस्थित बगुडा स्वास्थ्य चौकीका इन्चार्ज नरेन्द्र शाहले सुनालाई सुत्केरी व्यथा लागेपछि क्वारेन्टाइनमै अनमि सम्झना सिंहलाई पठाएर सुरक्षित सुत्केरी गराइएको जानकारी दिए ।
भारतको दिल्लीबाट जेठ १३ गते श्रीमान् दक्षबहादुर नेपालीसँगै अछाम आइपुगेकी २६ वर्षीया उनलाई सुत्केरीपछि होम क्वारेन्टाइनमा बस्नेगरी पठाइएको जिल्ला स्वास्थ प्रमुख झनक ढुंगानाले बताए ।
शुक्रबार बिहान नौ बजेर आठ मिनेट जाँदा जन्मिएको बच्चाको तौल तीन किलो पाँचसय ग्राम छ। आमाको स्वास्थ्य अवस्था समेत सामान्य रहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।