|

सल्यान : जिल्लाका कोरोना संक्रमितमध्ये १३ जनालाई सुर्खेत पठाइएको छ। बाँकी १२ जनालाई जिल्ला अस्पतालमा निर्माण गरिएको आइसोलेसनमा राखिएको छ।

शनिबार एकै नगरपालिकाका २५ जनामा पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो। सल्यानमा २४ शैयाको आइसोलेसन भए पनि स्वाथ्यकर्मी र स्रोत साधन कमीले १५ शैयाभन्दा बढी थेग्न नसक्ने भएपछि १३ जनालाई सुर्खेत पठाइएको स्वास्थ्य कार्यालयले जनाएको छ। 

पछिल्लो समयमा भारतबाट जिल्ला भित्रिनेको क्रम रोकिएको छैन। सीमा नाका र प्रदेश तथा जिल्ला नाकाहरुमा भित्रिएका नागरिकहरुको कोरोना परीक्षण हुन नसक्दा जोखिम झनै बढेको छ। एउटै क्वारेन्टाइनमा सय जना राखिँदा संक्रमणको जोखिम उत्तिकै बढेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.