सामाजिक दुरीसहित सञ्‍चालन गरिँदै

|

काठमाडौं : त्रिभुवन विमानस्थलको धावनमार्ग निर्माणको काम नौ वर्षपछि पूरा भएको छ। धावनमार्ग तयार भएपछि लकडाउनयता पहिलो पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन तयारी थालिएको छ।

कोरोना सङ्क्रमण रोकथामका लागि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु बन्द रहेको अवस्थामा धावनमार्ग तयार भएको हो। यस्तोमा सरकारले त्रिभुवन विमानस्थलको आन्तरिक तथा बाह्य दुवै टर्मिनल सामाजिक दूरीसहित सञ्चालनको तयारी गरेको छ।

लामो समयदेखि धावनमार्ग विस्तार हुन सकेको थिएन। तर लकडाउनले उडान रोकिएपछि दक्षिणतर्फ ३०० मिटर धावनमार्ग विस्तार भएको छ भने विमानस्थलको टर्मिनलमा पनि व्यापक सुधार गरिएको छ। 

कोरोना महामारीबीच सामाजिक दुरी कायम गर्दै विमानस्थल सञ्‍चालन तयारी भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले बताए।। सरकारले लकडाउनका कारण अलपत्र नागरिकलाई फर्काउने तयारी गरेसँगै विमानस्थललाई तयार पारिएको हो। 

विमानस्थलमा सामाजिक दुरी कायम गरी स्यानिटाइर र मास्कलाई अनिवार्य गरिएको छ। सरकारले विभिन्‍न तेस्रो देशमा अलपत्र नागरिकलाई यही सातादेखि ल्याउने भएको छ। त्यही अनुसार विमानस्थलमा सामाजिक दुरी कायम राख्‍ने गरी तयारी गरिएको हो। 

फोटोहरु : शिला तिम्सिना र राष्ट्रिय समाचार समिति

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.