|

कपिलवस्तु : कपिलवस्तुको विजयनगर गाउँपालिकामा बाटो खन्ने क्रममा प्राचीन सिक्का फेला परेका छन्। सिक्का १ सय ४० वर्ष पुरानो रहेको बताइएको छ। वडा नं ७ को ढोढरी गाउँदेखि मानपुर जाने बाटो स्तरउन्नति क्रममा सिक्का फेला परेको हो। 

माटोको भुड्कीमा राखिएको अवस्थामा सिक्का फेला परेको र ती मध्ये ५२ ओटा चाँदीजस्तो देखिने र एउटा सुनजस्तो देखिने सिक्का भएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक मधु नेपालले जानकारी दिए।  उक्त सिक्का सन् १८६० तिर भारतमा ब्रिटिस शासन रहँदाको समयको भएको उनले बताए। 

करिब ३ दिनदेखि सो ठाउँमा बाटो खन्न स्थानीयले अवरोध गरेपछि वडाध्यक्ष दिनेशकुमार चौधरीको पहलमा नापी लगाई विवाद समाधान गरी सोही स्थानबाट बाटो खनिएको थियो। उक्त क्रममा ती सिक्का फेला परेका हुन्। ती सबै पैसा थप अनुसन्धानका लागि पुरातत्व विभागलाई हस्तान्तरण गरिने बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.