|

सिन्धुली : सिन्धुलीका एक जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण  पुष्टि भएको छ। 

बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले बुधबार राति प्रेश बिफ्रिङका क्रममा उक्त पुष्टि गरेको हो। स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्रकुमार साहकाअनुसार कमलामाई नगरपालिका वडा नं. १४ चन्दनपुरका २३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ। 

संक्रमित व्यक्ति भारतबाट आएर चन्दनपुर माविको क्वारेन्टाईनमा बस्दै आएका थिए। उनीसहित जिल्लाका ६९ जनाको रिपोर्ट आएको छ। पहिले ५१ जना र पछि ७१ जना गरि १२२ जनाको नमुना पठाईएकोमा ६९ जनाको परिक्षण सकिएको पनि मन्त्रालयले जनाएको छ। ती मध्ये ६८ जनाको नतिजा नेगेटिभ आएको छ। 

संक्रमितलाई सिन्धुली अस्पतालको आईसोलेसनमा भर्नाका लागि ल्याउने तयारी भईरहेको स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख साहले बताए। संक्रमितमा कोरोना भाईरसको कुनै लक्षण नदेखिएको उनले बताए। सिन्धुलीको यो पहिलो संक्रमण हो। यसअघि सिन्धुलीको ठेगाना भई काठमाडांैमा बस्ने एक २७ वर्षिय महिलामा कोरोना संक्रमण देखिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.