|

काठमाडौं : चितवनको भरतपुर अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका एक युवकको मृत्यु भएको छ।

दुई साताअघि भारतबाट आएर माडी नगरपालिकाको क्वारेन्टाइनमा बसिरहेका २७ वर्षीय युवकलाई ज्वरो आएपछि उपचारका लागि हिजो भरतपुर अस्पतालमा भर्ना गरिएको थियो।

अस्पतालको आइसोलेसनमा भर्ना भएका युवकमा ज्वरो र स्वास फेर्न गाह्रो हुने समस्या देखिएपछि आइसियुमा सारिएको थियो। थप गाह्रो हुँदै गएपछि आज विहान भेन्टिलेटरमा राखिएपनि विहान साढे १० बजे मृत्यु भएको अस्पतालका अध्यक्ष डाक्टर भोजराज अधिकारीले जानकारी दिए।

मृतकको स्वाब संकलन गरी कोरोना परीक्षण भइरहेको डाक्टर अधिकारीले थाहा संचार नेटवर्कलाई जानकारी दिए। उनका अनुसार ती युवकमा यसअघि प्यारालाइसिसको समस्या रहेको र त्यसैको उपचारका लागि भारतको दिल्ली गएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.